चिनियाँ १२ ब्राण्डको बिक्री तथ्यांक सार्वजनिक

काठमाडौं । सन् २०२६ मे महिनाको बिक्री तथ्यांक धमाधम आइरहेको छ । अहिलेसम्म बिक्री तथ्यांक सार्वजनिक गर्ने १२ कम्पनीमा सबैभन्दा धेरै एसएआइसी विलिङको देखिएको छ ।

ठूला कम्पनीहरु बीवाइडी, जिली लगायत ब्राण्डको बिक्री तथ्यांक सार्वजनिक भइसकेको छेन । त्यसैले सबैभन्दा अगाडि विलिङ ब्राण्डको छ । विलिङले १ लाख २६ हजार ८७ युनिट कार मे महिनामा बिक्री गरेको तथ्यांक बाहिर ल्याएको हो ।

दोस्रो धेरै कार बिक्री गर्नेमा लीपमोटर रहेको छ । लीपमोटरले एक महिनामै पाएको बिक्री अहिलेसम्मकै धेरै रहेको बताइन्छ । कम्पनीले मे २०२६ मा ८१ हजार ५६९ युनिट कार बिक्री गरेको हो ।

तेस्रो स्थानमा हुवावे हिमाको छ । हिमा ब्राण्डमा ४६ हजार १२२ युनिट कार बिक्री भएको छ ।

नियोले पनि मे महिनामा राम्रो संख्यामा कार बिक्री गर्न सफल भएको छ । नियोले ३७ हजार ७०५ युनिट कार बिक्री गरेको देखिन्छ । त्यस्तै जिकर पनि लयमा देखिएको छ । मे महिनामा जिकरले ३४ हजार ३७७ युनिट कार बिक्री गरेको हो ।

आइटो ब्राण्डले एक महिनामा ३४ हजार ३२० युनिट कार बेच्दा एक्सपेङले ३२ हजार १५८ युनिट कार बिक्री गरेको जनाएको छ । साओमीले पनि मे महिनामा ३० हजार कार बिक्री गरेको छ ।
डोङफेङ होन्डाले १८ हजार ५६३ युनिट, आरफक्सले १७ हजार ९४३ युनिट, आइएम मोटर्सले १० हजार २३ र रक्स मोटरले २ हजार ५२ युनिट कार बिक्री गर्न सफल भएको देखिन्छ ।


Back_to_top