लेट्बी ब्राण्डका मोटरसाइकल साढे ५ लाखमै बिक्री सुरू

काठमाडौं । नेपाली बजारमा चिनियाँ ब्राण्ड लेट्बीका मोटरसाइकल बिक्री सुरु भएको छ । नेपालमा क्रसफायर तथा इटालीका मोटरसाइकलको आधिकारिक वितरक समेत रहेको क्लासिक ह्वीलले लेट्बी फ्लाइगन २२० मोटरसाइकल बिक्री थालेको हो ।

कम्पनीले लेट्बी फ्लाइगनका दुई भेरियन्ट उपलब्ध गराएको छ । कम्पनीले फ्लाइगन २२० सिटीको मूल्य ५ लाख ४९ हजार ९९९ रुपैयाँ र फ्लाइगन २२० हिल्सको मूल्य ५ लाख ७४ हजार ९९९ रुपैयाँ तोकेको छ ।

इच्छुक ग्राहकले क्रसफायर तथा लेट्बी देशभरका आधिकारिक शोरुममार्फत बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।

मेकानिकल कम्प्यानियन अवधारणामा आधारित लेट्बीले व्यावहारिकता, प्रविधि, बहुउपयोगिता र जीवनशैलीलाई एउटै मोटरसाइकल अनुभवमा जोड्ने लक्ष्य राखेको छ ।

कम्पनीका अनुसार दुवै मोडललाई फरक फरक प्रयोगकर्ताको आवश्यकता पूरा गर्ने गरी निर्माण गरिएका मोटरसाइकल हुन् । लेट्बी फ्लाइगोन हिल्स विशेषगरी एड्भेन्चर तथा अफ रोड राइडिङ रुचाउने ग्राहकलाई लक्षित गरिएको अफरोड क्रसओभर मोडल हो । यसमा एड्भेन्चर ओरिएन्टेड नबी टायर जडान गरिएको छ । जसले ग्राभेल सडक, पहाडी मार्ग तथा हल्का अफरोड भूभागमा थप ग्रिप र आत्मविश्वास प्रदान गर्दछ ।

त्यसैगरी फ्लाइगोन सीटी भने दैनिक सहरी आवागमनलाई ध्यानमा राखेर तयार गरिएको छ । यसलाई हल्का, सहज ह्याण्डलिङ र आरामदायी सीटी राइडिङ अनुभव प्रदान गर्ने उद्देश्यका साथ विकास गरिएको छ ।

कम्पनीले दुवै मोटरसाइकलमा ५ वर्षको वारेन्टी दिएको छ । यसले मोटरसाइकलको इन्जिनियरिङ, टिकाउपन तथा दीर्घकालीन विश्वसनीयताप्रति ब्राण्डको विश्वासलाई प्रतिबिम्बित गर्ने कम्पनीको भनाइ छ ।

यस्ता छन् मोटरसाइकल

फ्लाइगन २२० नेपालका राइडर र सडकलाई ध्यानमा राखेर डिजाइन गरिएको छ । यसमा ७८० मिलिमिटरको कम सिट उचाइ प्रदान गरिएको छ । जसले औसत नेपाली उचाइ भएका राइडरहरूका लागि मोटरसाइकललाई सहज, पहुँचयोग्य र आरामदायी बनाउँछ । यसमा २३० मिलिमिटर ग्राउण्ड क्लियरेन्स छ । जसले स्पीड ब्रेकर, असमान सडक, ग्राभेल ट्र्याक तथा नेपालका विविध क्रस–टेरेन राइडिङ अवस्थाहरूमा आत्मविश्वासका साथ यात्रा गर्न सहयोग गर्दछ।

यसको अगाडि १३०/८०-१८ र पछाडि १८०/८०-१४ साइजको ठूलो ह्वील प्रोफाइल प्रयोग गरिएको छ । यो टायर प्रोफाइल आफ्नो सेग्मेन्टकै सबैभन्दा ठूला र फराकिला टायर हो । फराकिलो टायर सेटअपले विभिन्न सतहमा ग्रिप, स्थिरता र राइडरको आत्मविश्वास बढाउनुका साथै फ्लाइगन २२० लाई बोल्ड, मस्कुलर र प्रभावशाली रोड प्रेजेन्स प्रदान गर्दछ।

दुवै भेरियन्टमा बोस इएफआई प्रविधिसहितको २२० सीसी सिंगल–सिलिन्डर, एयर–कुल्ड इन्जिन प्रयोग गरिएको छ। यो इन्जिनले ७,५०० आरपीएममा १२.८ किलोवाट पावर र ५,५०० आरपीएममा १७ एनएम टर्क उत्पादन गर्दछ । यसमा ५ स्पीड गियरबक्स तथा चेन–ड्राइभ ट्रान्समिसन उपलब्ध छ ।

दुवै मोटरसाइकलमा प्यासिभ कीलेस एन्ट्री, पुश–स्टार्ट इग्निसन, स्मार्ट लकिङ सिस्टम, एन्टी–थेफ्ट अलार्म, २.८ इन्चको टीएफटी डिस्प्ले, नेभिगेसन, नयाँ आकारको एलईडी हेडल्याम्प सेटअप, डबल च्यानल एबीएस, ट्रयाक्सन कन्ट्रोल, आकर्षक सस्पेन्सन सेटअप लगायत फिचर छन् ।

यसको अपराइट राइडिङ पोजिसन, अप्टिमाइज्ड राइडर ट्रायाङ्गल, कम सेन्टर अफ ग्राभिटी र सहज सिट उचाइले नयाँ तथा अनुभवी दुवै राइडरलाई राम्रो आराम, नियन्त्रण र आत्मविश्वास प्रदान गर्दछ।


Back_to_top