काठमाडौं । नागढुंगा-मुग्लिन-नारायणगढ सडक खण्ड पुनः पूर्णरूपमा संचालनमा आएको छ ।
आइतबार बिहान रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचनापछि उक्त सडकमा सवारी संचालनमा रोक लगाइएको थियो ।
तर, जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी बाढीको बहाव जोखिमपूर्ण नभएको सूचना दिएपछि पुनः यातायात संचालन गरिएको प्रहरीले जनाएको छ ।
यसअघि गत बुधबार आएको बाढीले बैरेनीदेखि गलौंदीसम्म १३ किमी सडकमा लेदो थुपार्दा ३ दिनसम्म उक्त सडक बन्द भएको थियो । लेदो हटाइ शुक्रबार बेलुकादेखि एकतर्फी संचालनमा ल्याइएको थियो ।


