काठमाडौं । काठमाडौं उपत्यकामा दैनिक ४१ वटा सवारी दुर्घटना हुने गरेको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५७६ मा १५ हजार १ सय ९० सवारी दुर्घटना भएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष सवारी दुर्घटना ३ हजा ६ सय ८३ ले बढेको ट्राफिक प्रहरीको तथ्यांक छ ।
आर्थिक वर्ष २०७४७५ मा ११ हजार ५ सय ७ सवारी दुर्घटना भएको थियो । आर्थिक वर्ष २०७५७६ मा सबै भन्दा बढी स्कुटर र कार दुर्घटना भएको ट्राफिक महाशाखाको तथ्यांकले देखाएको छ । आव २०७५७६ मा ५ हजार ५ सय ११ मोटरसाइकल तथा स्कुटर दुर्घटना भएको छ । आव २०७४७५ सालमा ४ हजार मोटरसाइकल तथा स्कुटर दुर्घटना भएको थियो ।
आर्थिक वर्ष २०७५७६ मा ५ हजार ३ सय ५ कार, भ्यान तथा जीप दुर्घटना भएको तथ्यांकले देखाएको छ । त्यस अघि २०७४७५ मा ३ हजार ८ सय ९० कार, भ्यान तथा जीप दुर्घटना भएको थियो ।
उपत्यकामा आव २०७५७६ सालमा १ हजार ९ सय ५१ बस दुर्घटना भएको छ भने १ हजार ७ सय ९१ ट्रक तथा टिपर दुर्घटना भएको ट्राफिक महाशाखाका सूचना अधिकारी रविकुमार पौडेलले जानकारी दिए ।
उनका अनुसार आव २०७४७५ मा २ हजार ३ सय २७ बस दुर्घटना भएको थियो भने १ हजार ५ सय ८० ट्रक तथा टिपर दुर्घटना भएको थियो ।
यस्तै माईक्रो दुर्घटनाको तथ्यांक हेर्ने हो भने आव २०७५७६ सालमा ३ सय ६५ माइक्रो दुर्घटना भएको छ भने त्यस अघिको आवमा ४ सय १० माइक्रो दुर्घटना भएको थियो । महाशाखाको तथ्यांकले माइक्रो दुर्घटना भने घट्ने क्रममा रहेकोक देखाएको छ । यस्तै आव ३०७५७६ सालमा १ सय ३८ टेम्पो तथा ट्याक्सी दुर्घटना भएको तथ्यांकले देखाएको छ ।
आव २०७५÷७६ मा १ सय ३ टेम्पो तथा ट्याक्सी दुर्घटना भएको थियो । आव २०७४७५ सालमा १ सय ९४ जनाको सडक दुर्घटनामा मृत्यु भएको महाशाखाका प्रवक्ता पौडेलले जानकारी दिए ।


