एक युवकले आफ्ना बाबुआमाले ज्यागुअरको सट्टा बिएमडब्लु किनिदिएको झोंकमा उक्त बिएमडब्लु गाडी खोलामा हालिदिएका छन् ।
आकाश नाम गरेका ति युवकले बिएमडब्लु गाडी उनी र उनका साथिहरुका लागि निकै सानो हुने भएकोले खोलामा हालिदीएको बुझिएको छ ।
सञ्चार माध्यमहरुमा देखिएको भिडियोमा गाडी हरियाणा राज्यको यमुनानगरको पानीमा डुब्दै गरेको दृश्य देखिन्छ । उक्त गाडीलाई क्रेनले तानेर बाहिर निकाल्नु परेको थियो ।
प्रत्यक्षदर्शीहरुका अनुसार ति युवक गाडी गहिरो तर्फ पुगन थालेपछि हामफालेर बाहिर निस्केका थिए । उनलाई स्थानियले पानीबाट बाहिर निक्लन सहयोग गरेका थिए ।
प्रहरीका अनुसार, ‘युवक रिसाहा थिए र बिएमडब्लु गाडी आफु र आफ्ना साथिहरुको लागि निकै सानो हुने बताइरहेका थिए । हामी थप अनुसन्धान गर्दै छौं । तर, यो ब्यक्तिगत बिषय हो भन्ने हामीलाई लागेको छ । हामी कानुन अनुसार अघि बढ्छौं’
युवकको बाबुले भने,‘म मेरो छोरालाई जन्मदिनको उपहार दिन चाहन्थे । हाम्रो आर्थिक हैसियतले गर्दा हामीले उसलाई बिएमडब्लु मात्र दिन सक्यौं । उसले बिएमडब्लु निकै सानो भएको बताइरहेको थियो । तर, हामीले ठिकै होला भन्ठान्यौं । उसले यस्तो गर्ला भन्ने हामीले अनुमान पनि गरेका थिएनौं’ ।


