एकै पटक २० इलेक्ट्रीक स्कुटरमा लाग्यो आगो, यस्तो छ कारण

सांकेतिक तस्वीर

भारतको नासिकमा रहेको मुंवाइ आगरा राष्ट्रिय राजमार्गमा एकै पटक २० यूनिट इलेक्ट्रीक स्कुटरमा आगो लागेको छ । स्कुटर बोकेको कन्टेनरमा आगो लागेर २० यूनिट इलेक्ट्रीक स्कुटर जलेर नष्ट भएको हो ।

कन्टेनरमा ४० यूनिटभन्दा धेरै स्कुटर रहेको थियो । यो दुर्घटनमा कुनै मानविय क्षती भने भएको छैन् ।

बिहान ४ बजेर १५ मिनेटको समयमा कन्टेनरमा आगो लाग्न सुरु भएको थियो भने दमकललाई आगो नियन्त्रणमा लिन एक घन्टा लागेको थियो । आगो किन लाग्यो भन्ने यकिन नभएता पनि स्कुटर सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

इलेक्ट्रीक स्कुटरको उत्पादन तथा विक्री बढेसँगै आगो लागीका घटनाहरु धेरै आउन थालेका छन् । यस अघि ओला एस १, प्योर इभि जस्ता स्कुटरमा आगेर दुइजनाको ज्यान गइसकेको छ ।


Back_to_top