काठमाडौं । नागढुङ्गा सिस्ने खोला जोड्ने सुरुङ मार्गको आज सोमबार एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । २ दशमलव ७ किलोमिटर लामो सुरुङमार्गको शिलान्यास भएसँगै अब यसको निर्माण सुरु हुने बताइएको छ ।
जापान सरकारको १६ अर्व ऋण सहयोग र नेपाल सरकारको ६ अर्वगरि २२ अर्वमा निर्माण सुरु भएको उक्त सुरुङमार्ग निर्माणपछि नागढुङ्गादेखि नौबिसेसम्म लाग्ने लामो जामबाट छुटकारा पाइने आयोजनाले विश्वास लिएको छ ।
उद्घाटन कार्यक्रममा नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ, खानेपानी मन्त्री बिना मगरलगायतको उपस्थिति रहेको थियो ।
उक्त सुरुङ मार्गलाई जापानी कम्पनी हाज्मा आन्दो जेभीले यसलाई निर्माण गर्ने जिम्मा लिएको छ । ठेक्का सम्झौता भएपछि निर्माण कम्पनीले साईटमा आवस्यक क्याम्प बनाउने, मेसिनको व्यवस्था गर्नेलगायतका काम गरिसकेको छ ।
जापानी कम्पनी हाज्मा आन्दो जेभीले सम्झौतापछि निर्माण थालेको ४२ महिनामा सुरुमार्ग तयार पारेर नेपाल सरकारलाई हस्तान्तरण गर्नेगरि ठेक्का सम्झौता गरेको छ ।