लकडाउन जेठ ३२ गतेसम्म

काठमाडौं । सरकारले पुनः लकडाउन बढाउने निर्णय गरेको छ । यसअघि जेठ २० गतेसम्मको लागि गरिएको लकडाउनलाई आगामी जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

आज शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्ने बताइएको छ ।

साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द हुनेछ । मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो । त्यसको सिफारिस अनुसार मन्त्रिपरिषदले निर्णय गरेको हो ।


Back_to_top