कम मूल्य र पावर धेरै भएका मोटरसाइकल खाेज्नेलाई यी हुन् ३ विकल्प (मूल्यसहित)

काठमाडौं । युवाहरु मोटरसाइकलमा पावर चाहन्छन् । पावरसँगै कम मूल्य उनिहरुको रोजाइमा पर्ने गर्छ । अहिले बजारमा विक्री वितरण भइरहेका २०० सीसी सेग्मेन्टका मोटरसाइकल पावरको हिसावले उत्कृष्ट मानिन्छ ।

नेपालमा बजाज, टीभीएस, हिरो, केटीएम जस्ता कम्पनीले २०० सीसी सेग्मेन्टमा मोटरसाइकल विक्री गर्दै आएका छन् । तर, मूल्यको हिसावले केटीएम अन्यको तुलनामा महंगो रहेको छ ।

२०० सीसी सेग्मेन्टमा सबैभन्दा धेरै यूनिट मोटरसाइकल विक्री गर्ने कम्पनी बजाज रहेको छ । यो सेग्मेन्टमा बजाज एनएस २०० र बजाज पल्सर २२० एफ नेपालमा सबैभन्दा धेरै विक्री हुने मोटरसाइकल हुन् । यी दुई मोटरसाइकलले २०० सीसी सेग्मेन्टमा ६५ प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको छ ।

बजाजले आफ्नो एनएस २०० को टप भेरियन्ट ३ लाख ६४ हजार ९०० रुपैयाँ मूल्य तोकेर विक्री गर्दै आएको छ भने पल्सर २२० एफको मूल्य ३ लाख ३९ हजार ९०० रुपैयाँ रहेको छ । पल्सर एनएसको अधिकतम पावर २३.५ पीएस रहेको छ ।

त्यसैगरि, २०० सीसीमा नेपालमा पछिल्लो समय हिरो एक्सपल्स २०० अत्याधिक चर्चामा रहेको मोटरसाइकल हो । सन् २०१९ को नाडा अटो शोमा नेपालमा सार्वजनिक भएको हिरो एक्सपल्स २०० नेपालमा अहिले राम्रो व्यापार गर्दै आएको छ ।

नेपाली बजारमा उपलब्ध मध्ये एड्भेन्चर मोटरसाइकलमा कम मूल्य र उत्कृष्ट फिचरका कारण यो मोटरसाइकलको माग उच्च रहेको छ । हिरोले एक्सपल्सको मूल्य ३ लाख ९१ हजार ९०० रुपैयाँ रहेको छ । हिरोको एक्सपल्सको पावर १८ पीएस रहेको छ ।

आरटीआर २०० नेपाली बजारमा सफल अर्को मोटरसाइकल रहेको छ । टीभीएसले आरटीआर २०० ले यामाहा एफजेड २५० र एनएस २०० सँग प्रतिस्पर्धा गर्दै आएको छ । यो मोटरसाइकलमा स्मार्ट कनेक्ट तथा एबीएस फिचर थप गरेर केहि समय अगाडि नेपालमा विक्री सुरु भएको छ । २०० सीसी सेग्मेन्टमा यो पनि धेरै विक्री हुने मोटरसाइकल मध्येमा पर्छ । यसको मूल्य ३ लाख ३५ हजार ९०० रुपैयाँ रहेको छ । आरटीआर २०० ले अधिकतम पावर २०.५ पीएस पावर प्रदान गर्छ ।


Back_to_top