काठमाडौं । सन् २०२२ मा पुरै यूरोपमा १ करोड १२ लाख ८६ हजार ९३९ यूनिट प्यासेन्जर कार विक्री भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ४.१ प्रतिशतले कम हो ।
सन् २०२१ मा यूरोपीयन बजारमा १ करोड १७ लाख ७४ हजार ८८५ यूनिट कार विक्री भएको थियो । यूरोपमा विशेषत रेनो, प्यूजो, टोयोटा, फक्सवागेन, स्कोडा जस्ता ब्राण्डको दबदवा रहेको थियो ।
पछिल्ला ४ वर्षमा निरन्तर ओरालो लागेको यूरोपियन कार बजार २०२२ मा पनि निरन्तर घट्यो । यसरी घटेको बजारमा यूरोपकै सर्वाधिक सफल मोडल प्यूजो २००८ बन्यो ।
फ्रेन्च ब्राण्ड प्यूजोको २००८ मोडल एक वर्षमा २ लाख ६ हजार ८१६ यूनिट विक्रीको साथ यूरोपकै सर्वाधिक विक्री हुने मोडल भएको हो । प्यूजोलाई पच्छाएको रेनो ग्रुपको डिका सेन्ड्रोले २ लाख ५५० यूनिट विक्रीको साथ दोस्रो स्थान हासिल गर्न सफल भयो ।
धेरै विक्री हुने मोडलमा जर्मन ब्राण्ड फक्सवागेनको टी–रोक १ लाख ८१ हजार १५३ यूनिट सहित तेस्रो स्थानमा रहँदा फियाट अवार्थ ५०० चौथो स्थानमा रहन सफल भएको थियो । अवार्थ ५०० को विक्री १ लाख ७९ हजार ८६३ यूनिट विक्री भएको थियो ।
पाँचौ स्थानमा पनि फक्सवागेन गल्फ १ लाख ७७ हजार २०३ यूनिट विक्री भएको थियो । छैटौ स्थानमा रहेको टोयोटा यारिस १ लाख ७५ हजार ७१३ यूनिट विक्री भएको थियो ।
सातौं स्थानमा रहेको ओपेल कोर्सा १ लाख ६४ हजार ३५८ यूनिट विक्री हुँदा कोरियन ब्राण्ड हुन्डाईको टुसान १ लाख ५० हजार ८०३ यूनिटसहित आठौं स्थानमा पर्न सफल भएको थियो ।
सूचीको नवौं स्थानमा डिका डस्टर रहेको छ । डिका डस्टरको विक्री १ लाख ४९ हजार ६४८ यूनिट भएको थियो । त्यसैगरी, सूचीको दशौं स्थानमा रेनो सिलो परेको छ । कम्पनीले सिलो १ लाख ४३ हजार ५६१ यूनिट विक्री गर्न सफल भएको थियो ।

