काठमाडौं । केटीएमले ३९० ड्युक मोटरसाइकलको २०२६ नयाँ भर्सन सार्वजनिक गरेको छ ।
कम्पनीले ड्युक ३९० मोटरसाइकलमा ब्रेकिङ सिस्टम परिवर्तन गरी थप नयाँ कलर अप्सन दिएर २०२६ भर्सन ग्लोबल मार्केटमा ल्याएको हो ।
पुरानो ड्युक ३९० मा भएको ब्रेकिङ सिस्टमभन्दा अझै मजबुत ब्रेकमा नयाँ ड्युक ३९० उपलब्ध भएको छ । मोटरसाइकलमा दिइएको ब्रेकमा सुधार भएको कम्पनीले जानकारी दिएको हो ।
यसमा कम्पनीले फ्रन्ट साइडमा डब्लूपी आरसीफोर क्यालिपर नयाँ ब्रेकिङ सिस्टम दिएको हो । यो नयाँ सेटअपले राइडरलाई मोटरसाइकल चलाउन अझै धेरै कन्फिडेन्ट र आत्माविश्वास बढ्ने कम्पनीको भनाइ छ । पुरानो ड्युक ३९० को फ्रन्टमा भने पिस्टन रेडियल फिक्स्ड क्यालिपर ब्रेकिङ सिस्टम छ ।
पुरानो भन्दा नयाँ क्यालिपर हलुका छ । ब्रेक प्याड बिना, यसको तौल लगभग ७४० ग्राम छ, जसले यसलाई यसको खण्डमा सबैभन्दा हल्का क्यालिपरहरू मध्ये एक बनाउँछ। यो उच्च शक्ति, मिश्र धातु र विशेष प्रक्रियाद्वारा तयार पारिएको छ ।

साथै, कम्पनीले ड्युकमा नयाँ म्याट ब्लू कलर अप्सन पनि थपेको छ । ३९० ड्यूक हाल गन मेटल ग्रे, इलेक्ट्रोनिक ओरेन्ज र एट्लान्टिक ब्लू कलर अप्सनहरूमा उपलब्ध छ ।
३९० ड्यूकमा ५ इन्च टीएफटी डिस्प्ले, पूरा एलईडी लाइट, ब्लुटूथ कनेक्टिभिटी सिस्टम, टर्नवाइटर्न नेभिगेशन, कल अलर्ट, सुपर मोटो एबीएस, कर्नरिङ एबीएस, ट्रायक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, लन्च कन्ट्रोल, एड्जस्टेवल सस्पेन्सन र तीन राइड मोड जस्ता फिचरहरू पाउन सकिन्छ ।
मोटरसाइकलमा अल न्यू ३९९ सीसी लिक्वीड कुल्ड, सिंगल सिलिण्डर, इन्जिन उपलब्ध छ । यसले ४६ पीएस पावर तथा ३९ एनएम टर्क जेनेरेट गर्छ ।
केटीएमको ३९० ड्युक सुरूदेखि नै धेरै लोकप्रिय कमाउन सफल भएको मोटरसाइकल हो ।

