काठमाडौं । जापानी अटोमोबाइल कम्पनी टोयोटाले आफ्नो चर्चित कम्प्याक्ट एसयूभी कोरोला क्रसको २०२६ मोडेल सार्वजनिक गरेको छ।
कम्पनीले आधुनिक डिजाइन, उत्कृष्ट माइलेज र स्मार्ट प्रविधिको संयोजन भएको नयाँँ कोराला क्रस बजारमा ल्याएको हो ।
नयाँ मोडल कोरोला क्रसले प्रतिलिटर अधिकतम २५ किलोमिटर माइलेज दिने टोयोटाको दाबी छ । कम्पनीले नयाँ कोरोला क्रसलाई सेग्मेन्टकै किफायती एसयूभी मध्ये एक बनाएको छ ।
कोरोला क्रस एसयूभीले कम्पनीको पोर्टफोलियोमा परम्परागत कोरोला सेडान र टोयोटाका ठूला एसयूभीहरू बीचको स्थान ओगटेको छ । कोरोला क्रस सन्तुलन, विश्वसनीयता र व्यावहारिकतामा केन्द्रित रहँदै आएको छ। अपडेटेड नयाँ मोडलले कोरोला क्रसको पहिचानलाई अझ मजबुत बनाएको कम्पनीले जनाएको छ ।
नयाँ कोरोला क्रसमा पहिलेभन्दा कन्फिडेन्ट र आधुनिक डिजाइन देख्न सकिन्छ। यसको अगाडिको भागमा फराकिलो र रि डिजाइन गरिएको ग्रिल दिइएको छ । यसमा प्रयोग गरिएका पातला एलईडी हेडल्याम्पहरूले गाडीको लुकलाई प्रिमियम बनाएको छ ।
यसमा नयाँ एलोय ह्वील दिइएको छ । पछाडि अपडेट गरिएको टेललाइट र बम्पर डिजाइनले गाडीलाई आधुनिक र परिष्कृत बनाएको छ।
नयाँ कोरोला क्रस ड्राइभिङ गर्न आरामदायी र सहज बनाइएको छ । पार्किङ र मोडहरूलाई ध्यान दिँदै स्टेयरिङ हल्का बनाइएको छ । सस्पेन्सन प्रणालीलाई खाल्डाखुल्डी सडकका लागि ट्युन गरिएको छ । यसमा सुधारिएको साउण्ड इन्सुलेसनका कारण क्याबिन शान्त रहेको छ।
यसमा २.० लिटर फोर सिलिण्डर इन्जिन छ । जसले १६९ हर्स पावर प्रदान गर्छ । २०२६ कोरोला क्रसको इन्टेरियर सफा, आधुनिक र प्रयोगमैत्री छ। यसमा आधुनिक इन्फोटेनमेन्ट टचस्क्रीन, स्मार्टफोन कनेक्टिभिटी र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ। ड्यासबोर्ड लेआउट सरल छ । कन्ट्रोल बटमहरू सहज स्थानमा राखिएका छन् । टप भेरियन्टमा नरम सामग्री र परिष्कृत फिनिस प्रयोग गरिएको छ।
अगाडिका सिटहरू फराकिला र आरामदायी छन् । पछाडिका सिटमा पर्याप्त लेगरुम र हेडरुम राखिएको छ । नयाँ कोरोला क्रसमा प्रशस्त भित्री र कार्गो स्पेस दिइएको छ । यसमा पछाडिका सिट फोल्ड गर्दा धेरै सामान पनि सजिलै बोक्न सक्छ ।
सुरक्षाका लागि विभिन्न ड्राइभर एसिस्टेन्ट सिस्टमहरू उपलब्ध गराइएको छ । जसले सहर र राजमार्ग दुवैमा सुरक्षित यात्रा सुनिश्चित गर्छ।

