देखियो नयाँ पुस्ताको नेक्सन ईभी, नयाँ डिजाइन र धेरै रेन्जमा आउने

काठमाडौं । टाटा मोटर्सको नयाँ पुस्ताको नेक्सन ईभी सडक परीक्षणको क्रममा देखिएको छ । सन् २०२७ मा बजारमा आउने नयाँ नेक्सन ईभी भारतीय सडकमा परीक्षण भइहरेको हो ।

यसअघि देखिएका प्रोटोटाइपहरू नयाँ पुस्ताकोे नेक्सन पेट्रोलरडिजेल मोडलका थिए । हालै सार्वजनिक स्पाइ तस्बिरहरूले भने नयाँ गाडी नेक्सन ईभी भएको स्पष्ट संकेत गरेको छ ।

पूरै क्यामुफ्लाज गरिएको नेक्सन ईभीलाई फ्ल्याटबेड ट्रकमा बोकेर लगिँदै गरेको देखाइएको छ । जहाँ देखिएको ब्याट्री इन्क्लोजर र सुन्तला रङका हाइ भोल्टेज केबलहरूले यो विद्युतीय पावरट्रेन भएको कुराको स्पष्ट संकेत गर्छन् ।

नयाँ पुस्ताको नेक्सनको नयाँ डिजाइमा आउने छ । नयाँ बडी डिजाइनले टाटालाई ब्याट्री प्याक, दक्षता, पर्फमेन्स, चार्जिङ क्षमतामा सुधार गर्ने अवसर प्रदान गर्न सक्छ । यद्यपि, नयाँ नेक्सन ईभीको ब्याट्री क्षमता, रेन्ज र चार्जिङ सम्बन्धी आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन ।

नयाँ नेक्सनमा पहिलेको तुलनामा समतल छत, बढी ठाडो पछिल्लो भाग र कम कुपे शैलीको बनावट देखिने अपेक्षा गरिएको छ । यसले पछाडिको सिटमा बस्ने यात्रुका लागि टाउको माथिको खाली ठाउँ र सामान राख्ने स्थान बढाउन सक्छ ।

परीक्षण गाडीमा अगाडिका ढोका, बाहिरी ऐना, ठूला पाँग्रा वरिपरिका भाग र सामान्य रूपमा तानेर खोलिने ढोकाका ह्यान्डल देखिएका छन् । तर पछाडिका ढोका, छत र पछाडिको अधिकांश भाग कपडाले छोपिएकाले यसको पूर्ण डिजाइन भने सार्वजनिक भएको छैन ।

यस परीक्षण गाडीमा पाँच वटा स्पोक भएका पाँग्रा प्रयोग गरिएको छ । यसअघि सेप्टेम्बरमा देखिएको अर्को नेक्सन परीक्षण गाडीमा भने कर्भजस्तै देखिने मिश्रधातुका पाँग्रा प्रयोग गरिएको थियो।

हाल बिक्री भइरहेको नेक्सन ३० किलोवाट आवर र ४५ किलोवाट आवको ब्याट्री विकल्पमा उपलब्ध छ । यी ब्याट्रीले एकपटकको फुलचार्जमा ३२५ किलोमिटर र ४८९ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । दुवै ब्याट्री भेरियन्टमा फास्ट चार्जिङ सुविधा उपलब्ध छ।

नयाँ पुस्ताको नेक्सनको रेन्जमा सुधार हुने अपेक्षा छ । यद्यपि, टाटाले ब्याट्री क्षमता, रेन्ज र मोटरको बारेमा आधिकारिक जानकारी दिएको छैन ।

नयाँ नेक्सन ईभीको क्याबिनमा पनि परिवर्तन हुनेछ । यसअघि सार्वजनिक भएका पेट्रोल/रडिजेल भर्सनको नयाँ नेक्सनको क्याबिनमा नयाँ स्टेयरिङ ह्वील, इन्फोेटेन्मेन्ट स्क्रीन र क्लाइमेट कन्ट्रोल प्रणाली देखिएका थिए । नयाँ नेक्सन ईभीमा पनि सोही क्याबिन सेटअप हुनसक्नेछ ।

आधिकारिक लन्च मिति घोषणा नभए पनि नयाँ नेक्सन ईभी सन् २०२७ भित्रै बजारमा आउने सम्भावना छ ।


Back_to_top