काठमाडौं । नेपालमा जस्तै भारतमा पनि सडकको अवस्था उत्कृष्ट भइसकेको छैन । खराब अवस्थाको सडकमा गाडी गुडाउनु त्यति सहज छैन, त्यो यात्रुका लागि पनि र गाडीका लागि पनि । त्यसमा पनि कारका लागि त त्यो झनै खतरनाक हुन्छ ।
यद्यपी त्यस्तै खराब सडकहरुमा पनि आरामदायी तवरमा गुडेका एसयुभीको बारेमा यहाँ चर्चा गरिएको छ । ७ देखि ८ लाख भारुमा पाइने त्यस्ता कम्प्याक्ट एसयुभीहरु नेपाली बजारमा ३५ लाख देखि माथी पर्ने गरेका छन् । यी एसयूभीको ग्राउन्ड क्लियरेन्स २ सय एमएम भन्दा बढी रहेको छ ।
फोर्ड इकोस्पोर्ट

भारतीय बजारमा फोर्ड इकोस्पोर्ट कम्पनीको सबैभन्दा धेरै बिक्री हुने कार हो । यो कार हाइवे तथा सहरी यात्रा दुवैका लागि उपयुक्त मानिन्छ ।
२०१८ मा फोर्डले नयाँ जेनेरेसनको इकोस्पोर्ट सार्वजनिक गरेको थियो । इकोस्पोर्टको ग्राउन्ड क्लियरेन्स २ सय एमएम र ह्वील वेस १६ इन्च रहेको छ । नयाँ इकोस्पोर्टमा १४ सय ९७ सीसीको शक्तिशाली इन्जिन दिइएको छ ।
यो एसयूभी नेपाली बजारमा पनि राम्रो बिक्री हुँदै आएको छ । यसलाई नेपाली बजारमा जिओ अटोमोवाइलले बिक्री वितरण गर्दै आएको छ ।
मूल्यः ३५ लाख ९० हजार (सुरुवाती)
इन्जिनः १४९७ सीसी
पावरः १२३ पीएस
टर्कः १५० एनएम
माइलेजः १७ केएमपीएल
रेनो डस्टर

रेनो डस्टर भारतीय बजारमा निक्कै चर्चित एसयूभीमा पर्छ । कम्प्याक्ट एसयुभी सेगमेन्टको यो गाडी खराब सडकमा पनि सजिनै गुडाउन सकिन्छ । यो कार डिजेल तथा पेट्रोल दुवै भेरियन्टमा उपलब्ध छ ।
डस्टरको ग्राउन्ड क्लियरेन्स २ सय १० एमएम रहेको छ, भने यो गाडी निकै पावरफुल रहेको छ । एड्भान्स अटोमोवाइलले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको यो गाडी नेपाली सडकमा बाक्लै देख्न सकिन्छ ।
मूल्यः ३७ लाख ९८ हजार रुपैयाँ (सुरुवाती)
इन्जिनः १.५ एचफोरके पेट्रोल र १.५ डीसीआइ डिजेल
पावरः १०६ पीएस पेट्रोल र ८५ पीएस डिजेल
फियाट एभेन्चुरा

फियाट एभेन्चुरा निकै पावरफुल क्रसओभर हो । एभेन्चुराको ग्राउन्ड क्लियरेन्स २ सय ५ एमएम रहेको छ भने, ह्वील वेस १६ इन्च छ । एडभान्स सस्पेन्सन भएको एभेन्चुरा इटाइलिस गाडी हो ।
१.४ लिटर टी–जेट इन्जिन भएको यो गाडी सबै खाले सडकमा सहज गुडाउन सकिन्छ । नेपाली बजारमा लाईफ अटोमोवाइलले बिक्री वितरण गर्दै आएको यो गाडी पछिल्लो समय नेपाल आएको छैन । याे नेपाली बजारमा पूर्ण त असफल क्रसअाेभर कार हाे ।
मूल्यः २९ लाख ९५ हजार (सुरुवाती)
इन्जिनः १.४ लिटर टी–जेट
पावरः १४० बीएचपी
टर्कः २१० एनमए


