आज राती १२ बजेबाट डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य घटाएको छ। निगमले डिजल र मट्टितेलमा प्रति लिटर एक रुपैयाँ घटाएपनि पेट्रोलको मूल्य भने परिवर्तन गरेको छैन ।

आइओसीले पठाएको नयाँ मूल्य अनुसार डिजल र मट्टितेलको मूल्य घटेकोले आयल निगमले मूल्य घटाएको जनाएको छ । अब डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८९ रुपैयाँ कायम भएको छ। निगमले अन्य पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको जनाएको छ। परिवर्तित मूल्य आजै राती १२ बजेबाट लागु हुने निगमले जनाएको छ ।


Back_to_top