काठमाडौं । मेरोअटो राइड विथ प्रोफेसनल ३.० सम्पन्न भएको छ । अटोमोटिभ्स प्रालिद्धारा आयोजित दुई दिने राइड शनिबार सम्पन्न भएको हो ।
काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटनबोर्डबाट सुरू भएको राइड धुलिखेल-पाँचखाल-दोलालघाट-खाडीचौर-मुडे हुँदै खरिढुंगा पुगेर सम्पन्न भएको हो ।
राइडमा अटोमोबाइल्स कम्पनी, कर्पोरेट ग्रुप, बैंकिङ लगायत क्षेत्रका ४० बढी राइडहरूको सहभागीता थियो । राइडका दौरान विभिन्न मनोरञ्जनात्मक तथा खेलकुद गतिविधि समेत आयोजना गरिएको थियो ।
राइडलाई रोयल इनफिल्ड, हिरो, बजाज, यामाहा, टीभीएस र होण्डा मोटरसाइकलले सपोर्ट गरेका थिए ।
राइडको हेल्मेट पार्टनर श्री अम्बा ग्रुप अन्तर्गतको हेड्ज हेल्मेट र हस्पिटालिटी पार्टनरमा धुलिखेल माउन्टेन रिसोर्ट (डीएमआर) रहेको थियो ।
मेरोअटो राइडको पहिलो संस्करण २०८० मा सोलुखुम्बुको पताले र दोस्रो संस्करण गत वर्ष रसुवाको ब्राबलमा सम्पन्न भएको थियो ।






