यी ५ विशेषताको कारण जावा फोर्टी–टु उत्कृष्ट बाइक , आउला नेपाल ?

क्लासिक लिजेन्डको उपमा पाएको जावा मोटरसाइकलले लामो अन्तरालपछि पुर्नजन्म पाएको छ । भारतीय अटो टाइकुन आनन्द महिन्द्रको स्वामित्वमा आएसँगै कम्पनीले पुनः बजारमा प्रवेश गरेको हो । 

कम्पनीले दुई नयाँ मोटरसाइकलहरू जावा र जावा फोेर्टी–टु दुवैलाई भारतीय बजारमा बिक्रीको लागि उतारिसकेको छ । रेट्रो–लुक्समा बजारमा आएका यी दुवै बाइक क्लासिक मोडल हुन् । दुई मोडल मध्ये जावा फोर्टी–टुले ब्रान्डको आइकोनिक क्रेजलाई प्रतिनिधित्व गरेको छ । 

अहिले भारतीय बजारमा रहेको क्लासिक बाइक मध्ये यो सस्तो बाइक हो । यसको मूल्य १ लाख ५५ हजार भारतीय रुपैयाँ रहेको छ । जावा फोर्टी–टुमा उपलब्ध भएका पाँच फिचरहरू यस प्रकार रहेको छ । 

डिजाइन तथा स्टाइलिङ्ग

जावा फोर्टी–टुले ब्रान्डको आधुनिक प्रतिनिधित्व गरेको छ । जसमा ठूलो फ्यूल–ट्याङ्की, क्रोम–बेजेलको साथमा राउन्ड हेडल्याम्प, बार इन्ड मिररको साथै ब्ल्याक आउट ह्यान्डलबार, फ्ल्याट बेन्च–सिट, ब्ल्याक आउट प्यानलजस्ता फिचरहरू उपलब्ध रहेका छन् । 

आर्कषक फ्रन्ट दिइएको यस बाइकको फ्यूल–ट्याङ्की र मडगार्डमा क्लासिक गोल्ड पिन्स्ट्रिप्स गरिएको छ भने, साथमा क्रोम बिटहरू पनि राखिएको छ । यस बाइकमा सिगर शेप्ड ट्वीन क्रोम एक्हस्ट पाइपसमेत पनि उपलब्ध छ । कम्पनीले यो बाइकलाई ६  कलर अस्पसनमा बजारमा उतारेको छ । 

फिचर तथा टेक्नोलोजी

जावा–४२ मा इन्स्ट्रुमेन्ट क्लस्टर, ओडोमिटरका लागि डिजिटल रिड-आउट, लिक्विड कुलिङ्ग टेक्नोलोजी, रेडिएटर, फ्यूल इन्जेक्शन, क्याटालिक कन्भर्टरजस्ता मोर्डन फिचरहरू दिइएको छ । साथै, यसमा हलोजेन हेडल्याम्प, टेलल्याम्प र बेल्ली–प्यान पनि दिइएको छ । 

इन्जिन तथा ट्रान्समिसन

जावा फोर्टी–टूमा २९३ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन दिइएको छ । यसमा लगाइएको डीओएचसी इन्जिनले २७ बीएचपी पावर र २८ एनएम–टर्क जेनेरेट गर्छ । यसमा सिक्स–स्पीड ट्रान्समिसन जडान गरिएको छ । यस बाइकमा सिङ्गल च्यानल एबीएस सिस्टम दिइएको छ । यो इन्जिन इन्डिया तथा इटालीमा डिजाइन र विकास गरिएको हो । 

डाइमेन्सन तथा तौल

जावा फोर्टी–टुमा १३६९ एमएमको ह्वीलवेश रहेको छ भने उचाई ७६५ एमएम रहेको छ । कम्पनीकाअनुसार यस बाइकको तौल १७० केजी, फ्यूल–ट्याङ्क क्षमता १४ लिटर रहेको छ ।

ह्वील, सस्पेन्सन तथा ब्रेक

फोर्टी–टु बाइकमा पछाडि १८ इन्चको ह्वील दिइएको छ । त्यस्तै, अगाडिको ह्वील १७ इन्चको रहेको छ । बाइकमा फ्लोटिङ्ग क्यालिपरसँगै २८० एमएम डिस्क–ब्रेक र १५३ एमएम ड्रम–ब्रेक दिइएको छ । 

आउला नेपाल ?

नेपाली बजारमा तत्काल आउने वा नआउने भन्ने विषयमा कुनै आधिकारीक धारणा कम्पनी स्रोतले दिएको छैन । तर, भारतीय बजारमा आउलेट बिस्तारसँग निर्यातलाई केन्द्रमा राखेर काम गर्ने रणनीति कम्पनीले बनाएको जनाइएको छ । यसरी हेर्दा अबको केही महिनापछि जावा नेपाल आउन सक्नेछ । 


Back_to_top