काठमाडौं । एमजी विन्डसर भारतमा उत्पादन भएको कम्प्याक्ट युटिलिटी भेहिकल हो । भारतीय सडक अवस्थालाई ध्यानमा राखेर उत्पादन गरिएको विन्डसर ईभी नेपालको लागि पनि पर्फेक्ट ह्याचब्याक हो ।
अगाडिको बनोट झट्ट हेर्दा अनौठो लाग्ने विन्डसर ईभी असारदेखि नेपाली बजारमा उपलब्ध छ । भारतको ईभी बजारमै उथलपुथल ल्याउन सफल विन्डसर नेपाली प्रयोगकर्ताको लागि पनि एक विकल्प हुन सक्छ ।
बीवाइडी डल्फिन र डोङफङ नामीको विकल्पमा त्योभन्दा फराकिलो क्याबिन, भारतमा उत्पादन भएको मोडल र थप आरामदायी भएको कारण विन्डसरले अलग पहिचान निर्माण गर्न सक्ने देखिन्छ ।
भारतमा थप ब्याट्री भाडामा पाइने स्कीमको कारण पनि यसको धेरै चर्चा हुँदै आएको छ । नेपालमा भने त्यस्तो किसिमको सुविधा उपलब्ध छैन । तथापि, आरामदायी ह्याचब्याक कारको रूपमा यसले अलगै पहिचान बनाउने अनुमान गर्न सकिन्छ । यसमा रहेका ५ बलिया पक्षलाई हामीले यहाँ उल्लेख गरेका छौं ।

भारतमा निर्मित कार
भारतमा उत्पादन भएको कार भएको कारण यसलाई सर्भिसको आँखाबाट बलियो मान्नुपर्छ । यदि विन्डसरमा कुनै गम्भीर समस्या आयो भने चिनियाँ कारको तुलना भारतमा उत्पादन भएका कार बनाउन फेर्नुपर्ने सामान सहज पाउन सकिन्छ ।
फराकिलो स्पेस
विन्डस ईभी निकै फराकिलो छ । फराकिलो भएकै कारण सहज यात्रा गर्न वा धेरै सामान बोकेर हिँड्न सजिलो हुन्छ ।

प्रयोग गर्न सजिलो
एसीको लागि भौतिक बटनहरू प्रयोग भएका छन् । गियर नब बायाँ हातले चलाउन पाइन्छ । वाइपर, टर्न इन्डिकेटरहरू दायाँतर्फ छन् । लामो समयदेखि यही ड्राइभिङ ह्याविट हामीहरूको भएको कारण स्टेयरिङ ह्वील सेटअप उत्कृष्ट महशुस हुन्छ ।
विशाल बुट स्पेस
विन्डसर ईभीमा ६०० लिटरको विशाल बुट स्पेस दिइएको छ । धेरै सामान लिएर लामो यात्रा गर्न सहज हुने भएको कारण यसलाई पारिवारिक कार भन्न मिल्छ । अगाडिको जस्तै पछाडिका सिटहरू पनि ढल्काउन मिलने सुविधा यसमा छ ।

मूल्य
एमजीले विन्डरसको माथिल्लो भेरियन्टमा ३६०-डिग्री क्यामेरा, १५.६-इन्च स्क्रीन, निकै ठूलो पानारोमिक भिजन रुफ दिएको छ । साइजमा एसयूभी सोसरहको गाडीको माथिल्लो भेरियन्ट नै ३९ लाख ९९ हजार रुपैयाँमा किन्न पाइन्छ । त्यसैले यो कार भ्यालू फर मनी मानिन्छ ।

