नायिका रेखा थापाले किनिन् ‘जेको जे सिक्स’

काठमाडौं । नेपाली सिने जगतकी चर्चित नायिका रेखा थापाले जेको जे सिक्स अफरोड ईभी किनेकी छिन् ।

नेपालका लागि ओमोडा तथा जेको ईभीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सका डाइरेक्टर गौरव शारडा र भाइस प्रेसिडेन्ट रुपेश शर्मा भट्टले थापालाई सो कार हस्तान्तरण गरे ।

नायिका थापाले आफूलाई जेइको जे सिक्स मा भएका विभिन्न फिचर मन परेको र सो ईभी रोजेको बताइन् । वातावरणमैत्री सवारीसाधन प्रयोग गर्ने चाहना अनुरुप जेइको जे ६ रोजेको उनको भनाइ थियो ।

अफरोड र अनरोड दुवै सडकमा सहजताका साथ ड्राइभ गर्न सकिने जे सिक्स मा जेकोले ६९.८ किलोवाट आवरको सीएटीएल ब्याट्री प्याक तथा १३५ किलोवाट क्षमताको मोटर जडान गरेको छ । उक्त ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ४०० किलोमिटर डब्लुएलटीपी माथि रेन्ज दिने कम्पनी दावी छ ।

अत्याधुनिक र सुविधासम्पन्न फिचर्सले सुसज्जित जे सिक्स मा आकर्षक इन्टेरियर, ठूलो टचस्क्रिन, पर्याप्त स्पेस, उच्च ग्राउन्ड क्लियरेन्स फिचर दिइएको छ । जेइको जे सिक्स को मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।


Back_to_top