काठमाडौं । एफ्टेक मोटर इन्डियाको उत्पादन नेपाली बजारमा बिक्री भइरहेको छ । नेपालमा एफ्टेकका टर्बो १७० र नाइट राइडर १७० मोटरसाइकल बिक्री भइरहेको हो ।
एफ्टेकका उत्पादनलाई नेपालमा म्याक्स भिजन प्रालिले ल्याएको हो । म्याक्सभिजन लिमिटेड यसअघि मोटर पाटर्स बिक्री वितरण गर्दै आएको कम्पनी हो ।
भारतीय बजारमा उत्पादन हुने एफ्टेकका मोटरसाइकल १७० सीसी क्षमता भएका इन्जिन युक्त छन् । यसमा दिइएको ४ स्टोक काउन्टर व्यालेन्सर इन्जिनले ८००० आरपीएममा १४ बीएच पावर र ७५०० आरपीएममा १३.५ एनएम टर्क प्रदान गर्छ ।
५ स्पीड गियरबक्स र १८ लिटरको इन्धन ट्याङकी दिइएको नाइट राइडर र टर्बो दुबै मोडलमा सस्पेन्सनको लागि अगाडिहाइड्रोलिक टेलिस्कोपिक फर्क र पछाडि एड्जस्टेवल हाइड्रोलिक शक एब्जर्वर दिइएको छ ।
सिंगल च्यानल एबीएस युक्त यी मोटरसाइकलमा डिस्क ब्रेक दिइएको छ । कम्पनीले नेपाली बजारमा टर्बो १७० को मूल्य ३ लाख ९ हजार ९०० रुपैयाँ तोकेको छ भने नाइट राइडरको मूल्य ३ लाख १९ हजार ९०० रुपैयाँ तोकिएको छ ।


