काठमाडौं । महिन्द्राको आधिकारीक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले आफ्ना सबै शोरुम बन्द गरेको छ । कोरोना (कोभिड १९) भाइरसको कारण चौतर्फी संकटको अवस्था सृजना भएसँगै कम्पनीले आफ्नो नेपालभर रहेको शोरुम बन्द गरेको हो ।
प्रिन्सीपल कम्पनी महिन्द्रा इन्डियाले आफ्नो उत्पादन नै बन्द गरेको र नेपाल सरकारले अहिलेको अवस्थामा हरेक नेपालीलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको कारण देखाउदै शोरुम बन्द गरिएको अग्नी इनकर्पोरेटले जनाएको छ ।
‘हामीले अहिलेको अवस्थालाई हेरर सुरुवातमा एक हप्तासम्म शोरुम बन्द गर्ने निर्णय गरेका हौ’, अग्नी इनकर्पोरेटका महाप्रबन्धक बरदान बस्नेतले मेरोअटोसँग भने ।
अहिलेलाई शोरुम र सर्भिस सेन्टर बन्द गरेको कम्पनीले अत्यावश्यक सवारीसाधनलाई दिइने सर्भिसको लागि भने सम्पूर्ण सुरक्षा विधी अपनाएर केही टेक्निसियन तयारी अवस्थामा राखेको बस्नेतले जानकारी दिए ।
अहिलेलाई एक हप्ता हेर्ने भन्दै आजबाट शोरुम बन्द गरेका हौं । परिस्थीति कस्तो हुन्छ त्यहि अनुसार हामी अगाडि बढ्ने कम्पनीले जनाएको छ ।

