सस्तो मूल्यमा आउँदै ‘ई टेरन ९ कम्फर्ट’ इलेक्ट्रीक पिकअप

काठमाडौं । नेपाली बजारमा १ वर्षअघि सार्वजनिक भएको म्याक्ससको ‘ई टेरन-९’ इलेक्ट्रीक पिकअप सस्तिएर आउने भएको छ ।

नेपालका लागि म्याक्ससको आधिकारिक बिक्रेता हिमालयन मोट्रक्सले चाँडै ‘ई टेरन-९ ’ इलेक्ट्रीक पीकअपको कम्फर्ट भेरियन्ट चाँडै बिक्री सुरू गर्ने भएको हो ।

कम्पनीले नयाँ ई टेरन ९ चाँडै बिक्री थाल्ने तयारी स्वरुप सामाजिक संजालमा प्रचारप्रसार थालेकाे छ । कम्पनीले आफ्नो सामाजिक संजालमार्फत ‘लन्चिङ सून’ भन्दै जानकारी दिएको छ । कम्पनीले यसको लन्च मिति बारे आधिकारिक जानकारी दिएको छैन । तर, आगामी साउन भित्रै बिक्री सुरू गर्ने अनुमान छ ।

कम्पनी स्रोतका अनुसार ई टेरन ९ कम्फर्ट भेरियन्ट हालकोभन्दा सस्तो मूल्यमा बजारमा आउने छ । यद्यपि, हाल उपलब्ध केही फिचर कटौती भएर आउने छ । हाल ई टेरन ९ पिकअपको मूल्य १ करोड २८ लाख रुपैयाँ छ ।

म्याक्ससको इलेक्ट्रीक पीकअपमा सेग्मेन्टकै ठूलो १०२.२ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । उक्त ब्याट्रीले एकपटकको फुल चार्जमा ५६० किलोमिटरसम्म रेन्ज दिने एनईडीसीले प्रमाणित गरेको छ ।

फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध पीकअपमा अगाडि १२५ र रियरमा २०० किलोवाट गरी कुल ३२५ किलोवाटको इलेक्ट्रीक मोटर छ । जसले ७०० न्युटन मिटर टर्क प्रदान गर्छ ।

यसमा रहेको ब्याट्री प्याकलाई ११ किलोवाटको एसी चार्जरले चार्ज १२ घण्टामा फुलचार्ज गर्न सकिने छ । यसले ११५ किलोवाटसम्मका डीसी चार्जर सपोर्ट गर्छ । यो पिकअपमा एक्टेरियर र इन्टेरियरमा ‘भेहिलक टु लोड’ सुविधा उपलब्ध छ ।

म्याक्ससको ई टेरन–९ को लम्बाइ ५५०० एमएम, चौडाइ १९९७ एमएम, उचाइ १८७४ एमएम छ । ३३०० एमएम लामो ह्वीलबेस रहेको पीकअपमा २३० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स रहेको छ ।

फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध पीकअपमा अगाडि १२५ र रियरमा २०० किलोवाट गरी कुल ३१५ किलोवाटको इलेक्ट्रीक मोटर छ । जसले ७०० न्युटन मिटर टर्क प्रदान गर्छ ।

हालको ई टेरेन ९ पिकअपमा अटोमेटिक एयर कण्डिसन, हिटेड स्टेरिङ ह्वील, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्ट सिट, लेदरेट सिट कभर, हिटेड, भेन्टिलेटेड फ्रन्ट एण्ड रियर सिट, मसाज ड्राइभर सिट, पानारोमिक सनरुफ, अटोमेटिक हेडलाइट र वाइपर जस्ता क्याबिन फिचर छन् । नयाँ आउने ई टेरेन ९ मा यी मध्ये केही फिचर कटौती हुने सम्भावना छ ।

ई टेरन ९ मा सुरक्षाका लागि ३६० डिग्री क्यामरा, फ्रन्ट तथा रियर पार्किङ सेन्सर, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, फर्वाड कोलुजन वार्निङ दिइएको छ । साथै, लेन किप असिस्ट, लेन डिपार्चर वार्निङ, ब्लाइण्ड स्पट असिस्ट, रियर क्रस ट्राफिक अलर्ट, ईएसपी, ईबीए, अल टेरन मोड, ७ वटा एयरब्याग, अटोहोल्ड जस्ता फिचर छन् । म्याक्सस ई टेरन–९ले युरो एनक्याप क्रयास टेक्टमा ५ स्टार रेटिङ पाएको छ ।


Back_to_top