अप्रिलियाले म्याक्सी-१६० स्कुटर ल्याउदै, तोडिएला सुजुकीको एकाधिकार

सुजुकी वर्गम्यान म्याक्सी स्कुटरको एकाधिकार रहेको भारतीय बजारमा अप्रिलियाले नयाँ म्याक्सी स्कुटर ल्याउने भएको छ । हाल भारतीय बजारमा सुजुकी वर्गम्यान एक मात्र म्याक्सी स्कुटर रहेको छ । पियाजियो ग्रुपले अप्रिलिया अन्र्तगत म्याक्सी स्कुटर २०२० को सुरुवातमा सार्वजनिक गर्ने घोषण गरेको छ । 

१२५ सीसीमा रहेको सुजुकी वर्गम्यान भन्दा पावरफुल स्कुटर अप्रिलियाले ल्याउने तयारी थालेको छ । हाल अप्रिलिया एसआर १५० र भेष्पा मा प्रयोग भइरहेको १५५ सीसी इन्जिलाई परिमार्जन गरेर बिएस६ मापदण्डमा ल्याउने तयारी पियाजियोले गरिरहेको छ । 

सुजुकी वर्गम्यानले भारतमा सफल भइरहेको छ । यसैलाई आधार मानेर पियाजियोले भारतीय बजार सुहाउँदो डिजाइनमा म्याक्सी १६० ल्याउने भएको हो । आगामी २०२० को सुरुवाती चरणमा सार्वजनिक गर्ने तयारीका साथ कम्पनीले काम अगाडी बढाएको छ । यो स्कुटर इटालीमा नै निमार्ण हुने समेत कम्पनीले जनाएको छ जसमा केही इन्डियन इन्जिनियर समावेश हुनेछन् । 


Back_to_top