अशोक लेलैण्डले देखायो ७ न्यू इनर्जी भेहिकल

काठमाडौं । भारतीय कमर्शियल गाडी निर्माता अशोक लेलैण्डले अटो एक्स्पो २०२३ मा विभिन्न ७ न्यू इनर्जी भेहिकल सार्वजनिक गरेको छ । बढ्दो विद्युतीय साधनको मागलाई सम्बोधन गर्न अशोक लेलैण्डले ७ वटा वैकल्पिक इन्धनबाट चल्ने कमर्सियल भेहिकल देखाएको हो ।

कम्पनीले अटो एक्स्पो २०२३ मा लिक्विफाईड नेचुरल ग्यास (एलएनजी) भेहिकल, इन्टरसिटी सीएनजी बस र मिनी प्यासेन्जर बस देखाएको हो । साथै, कम्पनीले ब्याट्री इलेक्ट्रीक भेहिकल (बीईभी), फ्यूल सेल इलेक्ट्रीक भेहिकल (एफसीईभी), र हाइड्रोजन इन्टरनल कम्बसन इन्जिन (एच टु आईसीई) गाडीहरू प्रदर्शनी गरेको हो ।

प्रदर्शनमा राखिएको अशोक लेलैण्ड बस ब्याट्री इलेक्ट्रिक भेहिकलले धेरैलाई आकर्षित गरेको देखिन्थ्यो । न्युन डिजाइनमा तयार भएका यस्ता गाडीमा लिथियम आयन ब्याट्री दिएको छ ।

यसबाहेक अशोक लेल्यान्डले फ्युल सेल इलेक्ट्रीक ट्रक पनि देखाएको छ । यसलाई पावर दिनका लागि हाइड्रोजन फ्यूलसेल टेक्नोलोजीको प्रयोग गरिएको छ । फ्युल सेल टेक्नोलोजीमा अक्सिजन र हाइड्रोजन मिलेर पावर उत्पादन गर्छन् ।

कम्पनीले हाइड्रोजनको प्रयोग एचआईसीईभी वा हाइड्रोजन इन्टरनल कम्बसन इन्जिन भेहिकल पनि देखाएको छ । यी सवारीलाई हाइड्रोजनबाट संचालन गर्न सामान्य कम्बसन इन्जिनबाट केहि परिमार्जन गरिएको छ । परिमार्जन गरिएका सवारी साधन र सडक सुरक्षाका लागि यसमा एडभान्स ड्राइभर असिस्टेन्ट सिस्टम पनि राखिएको छ ।

कमर्सियल भेहिकल जायन्टले डुअल फ्युल लिक्विफाइड नेचुरल ग्याँस र सीएनजी भेहिकल पनि देखाएको छ । विशेषगरी एलएनजी कम्पनीका ठूला ट्रकहरूमा लामो दुरीको यात्रा गर्नका लागि अधिकतम रेन्ज सुनिश्चित गर्न प्रयोग गरिन्छ ।

कम्पनीले प्यासेन्जर ट्राभल सेग्मेन्टका लागि एक्स्पोमा दुईवटा गाडी प्रदर्शन गरेको छ । अशोक लेल्याण्डले १३.५ मिटरको इन्टरसिटी बस प्रदर्शन गरेको हो । जुन यस सेगमेन्टकै सबैभन्दा लामो बस रहेको कम्पनीले जनाएको छ ।


Back_to_top