यस्तो छ एथरको नयाँ ईएल प्लेटफर्ममा बनेको स्कुटर (फोटोफिचर)

काठमाडौं । एथरले भारतमा आफ्नो नयाँ ईएल इलेक्ट्रीक प्लेटफर्ममा बनाएको पहिलो स्कुटर सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीले शनिबार एथर कम्यिुनिटी डे २०२५ को अवसरमा एथर ‘ईएल ०१’  स्कुटर सार्वजनिक गर्ने भएको हो । यो स्कुटर पूरै नयाँ कन्सेप्ट र सफ्टवेयर निर्माण गरिएको हो ।

कम्पनीले हालसम्म उक्त स्कुटरको भित्रि फिचरहरूका बारे केही जानकारी दिएको छैन । फोटोमा देखिए अनुसार स्कुटर निकै क्लासिक र फयामिली डिजाइनमा तयार भएको देखिन्छ ।

हेर्दा रिज्टा जस्तै देखिने यो स्कुटरमा नयाँ डबल टोन कलर, एलईडी लाइट, लामो आकारको डीआरएल, टेल लाइट, डिस्कब्रेक, फराकिलो डिस्प्ले स्कुटरमा देख्न सकिन्छ ।

यस स्कुटरको पूरा डिटेल्स र अन्य नयाँ मोडल बारेमा कम्पनीले शनिबार नै जानकारी दिने भएको छ ।

यो स्कुटर हाल बिक्री भइरहेका रिज्टाभन्दा पनि सस्तो हुने बताइएको छ ।


Back_to_top