काठमाडौं ।नेपालमा एथरको सबैभन्दा सस्तो इलेक्ट्रीक स्कुटर सार्वजनिक भएको छ । एथर इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता वैद्यज् इनर्जीले ‘एथर रिज्टा एस’ भेरियन्ट बिक्री सुरू गरेको हो ।
कम्पनीले यसको इन्ट्रोडक्टरी मूल्य २ लाख ७४ हजार ९९९ रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो । यसको आधिकारिक मूल्य भने २ लाख ९४ हजार ९९९ रुपैयाँ तोकिएको छ । यो नेपाली बजारमा उपलब्ध एथरको सबैभन्दा सस्तो इलेक्ट्रीक स्कुटर समेत हो ।

वैद्यज् इनर्जीका सीईओ सूर्यांश वैद्यले सुरूआतिमा १०० जना ग्राहकले इन्ट्रोडक्टरी मूल्यमा स्कुटर पाउने जानकारी दिए । उनका अनुसार सुरूमा ५० जनालाई इन्ट्रोडक्टरी मूल्यमा स्कुटर दिइने घोषणा गरिएको थियो । तर, ग्राहकको उच्च मागका कारण १०० जनालाई उक्त मूल्यमा उपलब्ध गराइने उनले बताए ।
उनले एथर रिज्टा एस १५० युनिट बढी बुकिङ भइसकेको बताए । सुरूआति १०० जना बाहेक अरू ग्राहकले भने २ लाख ९५ हजार रुपैयाँ तिरेर स्कुटर खरिद गर्नुपर्ने उनको भनाइ छ ।

२.७ किलोवाट आवरको ब्याट्री रहेको यो स्कुटरमा ४.३ किलोवाटको इलेक्ट्रीक मोटर छ । यो स्कुटरले एकपटकको फुल चार्जमा १२३ किलोमिटरसम्म रेन्ज दिने आइडीसीले प्रमाणित गरेको छ । यसको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा रहेको छ ।
यसमा रिभर्स मोड, हिल होल्ड असिस्ट, टर्न बाई टर्न नेभिगेसन, गुगल म्याप नेभिगेसन, एलईडी हेडल्याम्प, स्लिम र्यापराउन्ड टेललाइट, ३४ लिटर अन्डर सिट स्टोरेज, टीएफटी स्क्रीन, डिस्क ब्रेक जस्ता फिचर उपलब्ध छ । यसमा रिज्टा जेड भेरियन्टमा जस्तो टच स्क्रीन भने उपलब्ध छैन् ।
यो स्कुटरले बजाज चेतक तथा टीभीएस आइक्यूब जस्ता स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ ।

