अथरको इलेक्ट्री स्कुटर नेपाल ल्याउने दौड सुरू, यस्तो छ स्कुटर

सन् २०१३ मा स्थापना भएको अथर इनर्जिले भारतमा इलेक्ट्रीक स्कुटर निर्माण गर्दै आएको छ । हाल, कम्पनीले अर्थर ४५० र ३४० दुई मोडललाई बिक्री वितरण सुरु गरेको छ । करिब ५ महिना अगाडि आधिकारीक लञ्च गरेको कम्पनीले अब भने बिक्री वितरण सुरु गर्ने भएको छ ।

भारतीय बजारमा बिक्री सुरु भएसँगै कम्पनीले अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने जनाएको छ । योसँगै यसलाई नेपाली बजारमा ल्याउने प्रयास स्वरुप थु्रपै ब्यवसायीक फर्महरु लागेका छन् । संम्भवत अबको केही महिना नेपाली बजारमा अथरका इलेक्ट्रीक स्कुटर नेपाली बजारमा आउने छन् ।  

भारतीय बजारमा अथरले आफ्ना ग्राहकलाई आगामी डिसेम्बर ३१ बाट निःशुल्क चार्जिङ सुविधासहित ग्राहक लक्षित विशेष अफर प्रदान गर्ने जनाएको छ । 

कम्पनीले एक वर्षभरी राइडिंग अनुभव, फास्ट सर्भिस, राइड रेकोमेन्डेशन तथा बोर्ड नेभिगेसन लगायतका विषयमा अफर दिने जनाएको छ । कम्पनीले यस योजना बमोजिम वार्षिक करिब ३ हजार आउटलेटबाट उक्त सर्भिस प्रदान गर्ने छ ।

यस्तो छ स्कुटर

यो स्कुटरलाई हाइटेक विद्युतीय स्कुटर भनिएको छ । एस३४० स्कुटर फुल चार्जमा ६० किलोमिटरको रेन्ज र ७२ किलोमिटर प्रतिघण्टाको रफ्तारमा कुद्ने छ । भारतको बैंलोर बेस नयाँ विद्युतीय सवारी उत्पादक कम्पनीको हो अथर । यो स्कुटरमा टचस्क्रिन डिस्प्ले रहेको छ । 

यसमा रहेको इलेक्ट्रीक मोटरमा लिथियम आयन ब्याट्री छ, जुन १ घण्टामा ८० प्रतिशत चार्ज हुन्छ । यो व्याट्रीको लाइफ ५० हजार किलोमिटर रहेको छ । 


Back_to_top