एथरले देखायो नयाँ कन्सेप्ट मोडल, मोड अनुसार डिजाइन चेन्ज हुने

काठमाडौं । भारतीय दुईपााग्रे इलेक्ट्री सवारी उत्पादक एथर इनर्जीले नयाँ कन्सेप्ट मोडल देखाएको छ । कम्पनीले तेस्रो कम्युनिनटी डेको अवसरमा ‘रिडक्स’ नाम दिएर नयाँ कन्सेप्ट मोडल देखाएको हो ।

कम्पनीले कम्युनिटी डेमा प्रदर्शन समेत गरेको नयाँ कन्सेप्ट मोडल मोटो-स्कुटर भनेको छ ।

झट्ट हेर्दा मोटरसाइकल जस्तो देखिने यो स्कुटर आल्मुनियम फ्रेममा तयार भएको छ । यसमा एम्प्लीटेक्सबाट बनेको थ्री डी प्रिन्टेड ल्याटिस मेष सिट र बडीवर्कमा बनेको छ । यो मेटेरियल टिकाउ र दिगो हुने एथरको दाबी छ ।

कम्पनीले यो कन्सेप्टलाई इलेक्ट्रीक स्कुटरहरूभन्दा फरक हुने कारणमा आवश्यकता अनुसार यसको पोश्चर परिर्वतन हुने बताएको छ ।

कम्पनीका अनुसार यो रिडक्स चालकको आवश्यकता, अवस्था र राइडको व्यबहार अनुसार यसको पोश्चर रुपान्तरण हुन्छ । रिडक्सको एर्गोनोमिक्स परिर्वतन गर्ने क्षमताले अप राइट पोजिसन र स्पोर्टी एग्रेसिभ राइड पोश्चरमा परिर्वतन गर्न सक्छ ।

कम्पनीका अनुसार यो मोटरसाइकलमा मोर्फ यूआई टेक प्रयोग हुनेछ । यसले राइडिङ मोडका अनुसारको यसको डिस्प्लेको लेआउट सेट हुन्छ ।

कम्पनीले यो मोटो-स्कुटर (रिडक्स) पूर्णतः कन्सेप्ट मोडल भएको बताएको छ । यसको कुनै पनि मेकानिकल डिटेल्स सार्वजनिक गरिएको छैन् । कम्पनीले ईएल प्लेटफर्मलाई अर्को वर्षसम्म बजारमा ल्याउने गरी काम गरिरहेको बताएको छ ।


Back_to_top