काठमाडौं । बजाजले केही समयअघि भारतीय बजारमा सार्वजनिक गरेको आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर चेतक नेपालमा भने यस आर्थिक वर्षको अन्त्यसम्ममा आउने भएको छ । यसलाई नेपालको लागि बजाजको आधिकारीक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनीले बजारमा ल्याउने भएको हो ।
‘भर्खरै भारतीय बजारमा देखाइएको छ । जनवरीबाट पुर्णे र बैंङलोरमा यसको बिक्री सुरु गर्ने तयारी भएको छ । पहिला भारतीय बजारमा यसको सफल परिक्षणपछि मात्र नेपाली बजारमा यसलाई ल्याइने छ’, एचएच बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने ।
गोल्छाका अनुसार चाँडोमा यस आर्थिक वर्षको अन्त्य र ढिलोमा आगामी नाडा अटो शो २०२० सम्ममा नेपाल आउने छ ।
यस्तो छ चेतक इलेक्ट्रीक
बजाजले करिब १४ वर्षपछि आफ्नो चर्चित स्कुटर चेतकको इलेक्ट्रीक भर्सन सार्वजनिक गरेको हो । यसमा एप्रोन माउन्टेड एलइडी साइडटर्न इन्डीकेटर लगाइएको छ भने, फक्स एयरभेन्ट दिइएको छ ।
यसमा उपलब्ध राउन्ड सेपको फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरले चालकलाई स्कुटरको अवस्थाबारे सूचना दिनेगर्छ । यसमा स्प्लिट स्टाइल एलइडी टेलल्याम्प र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरमा ब्ल्युटुथ कनेक्टीभिटी दिइएको छ ।

चालकले आफ्नो स्मार्टफोनमा एप जोड्न सक्ने छन् । यसले, मोबाइलमा आएको कल, म्यासेज नोटिफिकेशन, टर्न वाइ टर्न नोटिफकेशन डिस्प्लेमा देखाउने गर्र्छ । इन्स्ट्रुमेन्ट क्लस्टरको डिप्लेमा ब्याट्री रेन्ज, स्पीड, सर्भिस ड्युइन्डिकेटर र टाइमको सूचना देखापर्छ ।
चेतकको फ्रन्ट साइडमा सिंगल साइडेड टेलिस्कोपिक सेटअप र रियरमा सिंगल साइडेड स्प्रिंग सेटअप सस्पेन्सनको विशेषता दिइएको छ । फ्रन्ट साइडमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक लगाइएको छ । चालकको सुरक्षाको लागि सिबिएस फिचर दिइएको छ ।
यसमा १२ इन्चको एमआरएफ ज्यापर के अलोय ह्वील लगाइएको छ । यो स्कुटर ब्ल्यु, रेड, ह्वाइट, सिल्भर, बेज र ब्ल्याक गरि ६ कलर अप्सनमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीले हालसम्म्म चेतकमा कुन इलेक्ट्रीक मोटर लगाएको छ भन्नेबारे कुनै जानकारी गराएको छ तर, यसमा वाटर र डस्ट प्रुफ आइपी ६७ ब्याट्री प्याक लगाइएको अनुमान गरिएको छ ।
५–१५ एम्पीयर विद्युत क्षमता भएको घरायसी बत्तीमा चार्जर जाेडेर ब्याट्री चार्ज हुने कम्पनीले जनाएको छ । कम्पनीले यसको भारतमा अनुमानित मूल्य १ लाख २५ हजार भारु राख्न सक्ने अनुमान गरिएको छ ।

