दशैंमा बजाजको मोटरसाइकल किन्नेलाई यस्ता छन् नयाँ अफर

काठमाडौं । बजाजको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाजको मोटरसाइकलमा चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको नयाँ योजना अनुसार नगद छुटदेखि सून्य प्रतिशत व्याजदरसम्मको अफर गरेको हो ।

बजाजले दशैं तिहार लक्षित योजनामा नगद १० हजार रुपैयाँ छुट घोषणा गरेको छ । कम्पनीले कुनैपनि मोडलको खरिदमा नगद १० हजार छुट दिने घोषणा गरेको हो । त्यस्तै ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल किन्ने ग्राहकले सून्य प्रतिशत व्याजदरमा बाँकी रकम मासिक किस्तामा बुझाउन पाउने छन् ।

त्यसैगरि कम्पनीले डाउन पेमेन्ट गर्न धेरै नगद नहुने ग्राहकलाई लक्षित गर्दै २० प्रतिशत डाउन पेमेन्टमा नयाँ मोटरसाइकल दिने योजना अघि सारेको छ ।

‘रोजेरै खुसी, खुसी खोज्ने होइन रोज्ने हो’ ट्यागलाइन सहित कम्पनीले यी विभिन्न स्कीम ग्राहकलाई अफर गरेको हो ।

अहिले बजाजले नेपाली बजारमा प्लटिना, डिस्कभर, पल्सर १२५, पल्सर १५०, पल्सर एनएस १६०, पल्सर एनएस २००, पल्सर २२० एफ, डोमिनार, एभेन्जर लगायतका मोडल बिक्री वितरण गर्दै आएको छ ।


Back_to_top