बजाज डोमिनार २५० नयाँ कलरमा सार्वजनिक भएको छ । भारतीय मोटरसाइकल निर्माता कम्पनी बजाजले डोमिनार २५० को तीन नयाँ कलर सार्वजनिक गरेको हो ।
कम्पनीले भारतमा स्र्पाक्लीङ ब्याल्क, मेट सिल्भर र रेसिङ रेड गरि तीन नयाँ कलरमा सार्वजनिक गरेको हो । यस अघि डोमिनार २५० क्यान्योन रेड, चार्कोल रेड कलरमा उपलब्ध रहेको थियो । नयाँ कलरमा सार्वजनिक भएको मोटरसाइकलमा सेतो कलर अलाय ह्वील दिइएको छ ।
नयाँ कलर डोमिनार २५० चाडै नै विक्रीमा आउने अनुमान गरिएको छ । यसको मूल्यको बारेमा भने कम्पनीले आधिकारिक जानकारी दिएको छैन् ।
यो मोटरसाइकलमा २४८.८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८५०० आरपीएममा २७ पीएस पावर र ६५०० आरपीएममा २३.५ एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहेको छ ।
कम्पनीले बजाज डोमिनार २५० मा डोमिनार ४०० बाट धेरै फिचर समावेश गरेको छ । यसमा सबै लाइट एलइडी प्रयोग गरिएको छ । सानो विन्डस्कृन, मस्कुलर फ्यूल ट्याङ्क, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टरको साथै फ्युल ट्याङककम अर्को सानो डिस्प्ले, इन्जिन कौल, सिग्नेचर एलइडी हेडल्याम्प दिइएको छ । ट्वीन व्यरेल एग्जस्ट, अलोय ह्वील, स्प्लीट सिट, सिटको मुनी लगेज ट्रयाप, युएडी फर्क, जस्ता मुख्य फिचर उपलब्ध हुने छ । यसका साथै यसमा स्लिपर क्लच, डबल च्यानल एबीएस जस्ता फिचर समेत उपलब्ध रहेको छ ।

