बजाजको नयाँ मोटरसाइकल ‘टुइनर’

सांकेतिक तस्विर

काठमाडौं । बजाज मोटरसाइकलले नयाँ वर्ष लागेसँगै नयाँ मोटरसाइलको ट्रेडमार्क दर्ता गरेको छ । कम्पनीले जनवरी १० तारिखमा ‘टुइनर’ नामबाट ट्रेडमार्क दर्ता गरेको हो ।

बजाजले यसको ट्रेडमार्क दर्तामा मोटरसाइकल, स्कुटर तथा अन्य साधनमा यसको नाम प्रयोग गर्न सकिने उल्लेख गरेको छ । कम्पनीले यसको विषयमा कुनै आधिकारीक धारणा बाहिर नल्याएपनि ‘मिड–क्यापासीटी’ मोटरसाइकलको रुपमा टुइनर आउने अनुमान गर्न सकिन्छ ।

टुइनर नाम राख्नुको पछाडि कम्पनीले दुई सिलिण्डर भएको मोटरसाइकल ल्याउन लागेको भन्ने अनुमान पनि सुरु भएको छ । बेलायती मोटरसाइकल कम्पनी ट्रयाम्फसँगको सहकार्यमा बजाजले २०० सीसीदेखि ७०० सीसी क्षमताको मोटरसाइकल बजारमा ल्याउने तयारी गरिरहेको छ । सायद टुइनर त्यसकै एक मोडल हुन सक्ने अनुमान गरिएको छ ।

यी दुई कम्पनीको सहकार्यमा बन्ने मोटरसाइकल यही वर्षको अन्त्यसम्ममा बजारमा आउने अपेक्षा गरिएको छ । टुइनर मोटरसाइकल रेट्रो डिजाइनमा आधारित रहने अनुमान गरिएको छ ।

उसोत बजाजले ट्रेडमार्क दर्ता गरेको अन्य मोडल पनि बजारमा आएका छैनन् । कम्पनीले फ्लोर, फ्लूइर, न्यूरोन जस्ता नाम यसअघि नै दर्ता गरेको छ ।


Back_to_top