बजाजले इलेक्ट्रीक सवारीसाधन बनाउन नयाँ प्लान्ट खोल्यो

काठमाडौं । बजाज अटोले ३०० करोड भारतीय रुपैयाँको लगानीमा नयाँ इलेक्ट्रीक यूनिटको सुरुवात गरेको छ । कम्पनीले पुर्णेको अकुर्डीमा वार्षिक ५ लाख यूनिट इलेक्ट्रीक भेहिकल उत्पादन क्षमताको प्लान्ट विस्तार गर्ने घोषणा गरेको हो ।

अकुर्डी भारतमा बजाजको चर्चित स्कुटर चेतक उत्पादन हुने पुरानो प्लान्ट हो ।

नयाँ यूनिटको बारेमा बोल्दै बजाजका निर्देशक राजीव बजाजले भने, ‘२००१ मा बजाज २.० पल्सर सिरिज ल्याएको थियो भने, २०२१ मा बजाज ३.० इलेक्ट्रीक चेतक ल्याएको थियो । बजाजको पोर्टफोलियोको विकासका लागि हाल अत्याधुनिक आइसीइ प्लेटफर्म कार्यान्वय गर्ने तथा हाम्रा सबै आरएण्डडी सेन्टरहरुलाई भविष्यमा इभीमा लैजानका लागि हामी केन्द्रीत रहेका छौं । त्यसै अनुरुप अकुर्डीमा गरिएको यो लगानीले आगामी दिनमा हामीलाई इभी बजारमा अग्रणी स्थानमा ल्याउन मद्धत गर्नेछ ।’

कम्पनीले निर्माण गर्ने नयाँ प्लान्टमा एज कटिङ, रोवोट तथा मानवद्धारा एसेम्वल यसको व्यवस्थापन, फ्याव्रीकेसन, पेन्टीङ जस्ता सबै कार्य हुनेछ ।

अकुर्डीमा आधा मिलियन स्वायर फिटमा फैलिने फ्याट्रीमा ८०० जना कर्मचारीले रोजगारी पाउनेछन् । यसमा कम्पनीले विस्तारै अन्य २५० करोडको लगानी विस्तार गर्नेछ । यो प्लान्टबाट २०२२ को जुनसम्ममा नयाँ उत्पादन बजारमा आउने छ ।

 


Back_to_top