काठमाडौं । बजाज मोटरसाइकलको मूल्य वृद्धि भएको छ भने एक मोडलको मूल्य घटेको छ । बजाजको आधिकारीक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले मूल्य बढेसँगै नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।
बजाजले पछिल्लो समय भारतमा पनि मोटरसाइकलको मूल्य लगातार वृद्धि गर्दै आएको छ । यसको सिधा प्रभाव नेपाली बजारमा समेत देखिन थालेको हो ।
बजाजले नेपालमा विक्री गर्ने सर्वाधिक महंगो मोटरसाइकल डोमिनार ४०० को मूल्य ५ लाख ६९ हजार ९०० रुपैयाँ बनाएको छ । यसअघि यसको मूल्य ५ लाख ६१ हजार ९०० रुपैयाँ रहेको थियो । यसमा ८ हजार रुपैयाँ बढाएको हो । हालैमात्र सार्वजनिक भएको बजाज डोमिनार २५० को मूल्यमा ५ हजार रुपैयाँले वृद्धि भएको छ ।
कम्पनीले नेपालमा सबैभन्दा धेरै विक्री गर्ने मोटरसाइकल बजाज पल्सर १५० को मूल्य भने घटाएको छ । कम्पनीले यो सिंगल डिस्क मोडलमा २ हजार रुपैयाँले घटाएको हो । २ लाख ६५ हजार ९०० रुपैयाँमा विक्री गर्दै आएको पल्सर १५० को मूल्य २ हजार रुपैयाँले घटेर २ लाख ६३ हजार ९०० रुपैयाँ तोकिएको छ ।
बजाजले विक्री गर्ने पल्सर सिरिजको सबैभन्दा सानो मोटरसाइकल ‘पल्सर १२५’ को मूल्य वृद्धि भएर २ लाख ३४ हजार ९०० रुपैयाँ कायम भएको छ । यसमा कम्पनीले १ हजार रुपैयाँ बढाएको हो ।
त्यस्तै पल्सर १५० को मूल्य २ लाख ६३ हजार ९०० र टीडीको मूल्य २ लाख ८० हजार ९०० रुपैयाँ तोकिएको छ । कम्पनीले पल्सर एनएस १६० एबीएसको मूल्य ३ लाख ४ हजार ९०० रुपैयाँ निर्धारण छ ।
यस्तो छ सबै मोडलको नयाँ मूल्यसूची



