काठमाडौं । बजाज मोटरसाइकलका १० मोडलको मूल्य वृद्धि भएको छ । बजाजको नेपालका लागि आधिकारिक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनीले १० मोडलको नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।
कम्पनीले मोडल अनुसार न्यूनतम १ हजार रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म मूल्य बढाएको छ । कम्पनीले बजाजले प्लाटिना ११० ईएस र पल्सर एनएस २०० वेस भेरियन्टमा ३ हजार रुपैयाँले मूल्य वृद्धि गरेको छ ।
त्यस्तै, पल्सर १५० एसडी र एनएस २०० एफआई बीएस एफआई मोडलमा सबैभन्दा कम १ हजार रुपैयाँ मूल्य बढाएको हो ।
यसका अलावा, डिस्कभर १२५ डिस्क, डिस्कभर १२५ एसटी, पल्सर १२५ एनएस बीएस ६, पल्सर १५० टीडी, एनएस २०० एबीएस र एभेन्जर १६० को मूल्यमा २ हजारले वृद्धि गरेको हो ।
त्यसैगरी, कम्पनीले डोमिनार, एभेन्जर २०० र एन सिरिजको मूल्य यथावत नै राखेको छ ।
यस्तो छ वृद्धि भएको मोटरसाइलको नयाँ मूल्यसूची