बजाजको नयाँ शोरुम चितवनमा, थ्रीएस सेवा पाइने

काठमाडौं । नेपालको सार्वाधिक लोकप्रिय मोटरसाईकल ब्रान्ड बजाजको आधिकारीक  बितरक एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधासहितको नयाँ शोरुम चितवनको हाकिम चोकमा संचालनमा ल्याएको छ । 

‘एन के मोटर्स’को नामबमाट संचालनमा आएको सुविधासम्पन्न शोरुमसँगै बजाजका सेवा ग्राहिले उत्कृष्ट थ्रीएस सेवा पाउने छन् । 

एचएच बजाज आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तानगर्नकालागि सँधै प्रतिबद्ध रहेको विज्ञप्तीमा उल्लोख छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउनेछ । 

‘नयाँ शोरुम संचालनमा भएको घोषणा गर्न पहुँदा निकै खुशी लागेको छ । ग्राहकहरुको बढ्दो मागका कारण एचएच बजाजलाई चितवनमा नयाँशोरुम स्थापना गर्न उत्साहित बनाएको हो’ शोरुम उद्घाटन गर्दै हंशराज हुलास चन्द एण्ड कम्पनीका महाप्रबन्धक योगेन गुरुङले भने । 


Back_to_top