काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शाहलाई नेपालको संविधानको धारा ७६ (१) बमोजिम प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट एकल बहुमतको प्रधानमनत्री बनेका हुन् । रास्वपाले बालेनलाई हिजो संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको थियो।
प्रधानमन्त्री शाहको शपथ आजै मध्याह्न १२ः३४ बजे राष्ट्रपति भवन शीतलनिवासमा हुने तय भएको छ ।
शपथ ग्रहणपछि आजै दिउँसो २ बजेपछि सिंहदरबार गएर पदभार ग्रहण गर्ने छन् ।

