काठमाडौं । बेनेलीका मोटरसाइकल र स्कुटर खरिद गर्दा भारी छुट पाइने भएको छ ।
बेनेलीको नेपालका लागि आधिकारिक बिक्रेता केटीएम इन्टरनेसनलले बेनेली १२५ सीसी स्कुटर र १८० सीसी मोटरसाइकलमा नगद छुट स्कीम ल्याएको हो ।
कम्पनीका अनुसार ग्राहकले बेनेली पेनेरिया १२५ स्कुटर र बेनेली १८० एस मोटरसाइकलमा नगद ४५ हजार रुपैयाँ छुट पाउने छन् ।
सीमित समयका लागि ल्याइएको यो अफरमा यसअघि ४ लाख ३० हजार रुपैयाँ पर्ने बेनेली १८० एस अब ३ लाख ८५ हजार रुपैयाँमै किन्न सकिने छ ।
त्यस्तै, बेनेलीको एक मात्र स्कुटर पेनेरिया १२५ अब २ लाख ५५ हजारमै किन्न सकिने भएको हो । यो स्कुटरमो मूल्य यसअघि २ लाख ९९ हजार रुपैयाँ थियो ।
बनेली १८० एस
यो मोटरसाइकलमा १७५.३ सीसी सिंगल सिलिण्डर, फोर स्ट्रोक, फोर भल्भ, लिक्विड कुल्ड एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले ९५०० आरपीएममा १७.८ बीएच पावर तथा १४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियर उपलब्ध छ ।
‘बेनेली १८० एस’मा कम्पनीले प्रिमियम फिचर समावेश गरेको छ । यसमा ट्रीपल स्पार्क टेक्नोलोजी, यूएसडी फर्क, ६ स्पीड गियर, गियर इन्डिकेटर जस्ता फिचर पाउन सकिन्छ ।
पेनेरिया १२५

बेनेली प्यानेरियामा १२५ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, एफआइ इन्जिन रहेको छ । यो इन्जिनले ७५०० आरपीएममा अधिकतम ८.५ पीएस पावर जेनेरेट गर्छ भने ६००० आरपीएममा अधिकतम ९.२ एनएम टर्क जेनेरेट गर्छ । यसको टप स्पीड ९० किलोमिटर प्रतिघण्टा छ ।
बेनेलीले यो स्कुटरमा १२ इन्चको अलोय ह्वील दिएको छ । यसको फ्रन्टमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक उपलब्ध छ । बेनेली प्यानेरिया स्कुटर ब्लू, ब्ल्याक, यल्लो र ह्वाइट गरी चार कलर भेरियन्टमा उपलब्ध रहेको छ ।

