काठमाडौं । बेनेली मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारीक विक्रेता केटीएम इन्टरनेशनलले मोटरसाइकल तथा स्कुटरमा ३५ हजारसम्म नगद छुटको स्कीम ल्याएको छ ।
कम्पनीले ल्याएको यो स्कीममा बेनेली पेनेरीया स्कुटर र १८० एस मोटरसाइकलमा किन्दा ग्राहकले नगद छुटको साथमा अन्य स्कीम पाउने छन् ।
यो स्कीम अन्तर्गत बेनेली पेनेरिया १२५ स्कुटर २ लाख ९९ हजार ९०० रुपैयाँमा खरिद गर्न सक्नेछन् । अन्य समयमा कम्पनीले ३ लाख ३४ हजार ९०० मूल्य तोकेर विक्री गर्दै आएको स्कुटरमा ३५ हजार नगद छुट पाउन सकिन्छ ।
त्यस्तै बेनेली १८० एसको रेगुलर मोडल ४ लाख १९ हजार ९०० रुपैयाँ र निओन मोडल ४ लाख २९ हजार ९०० रुपैयाँमा खरिद गर्न सक्नेछन् । यी दुबै मोडल यसअघि क्रमशः ४ लाख ५४ हजार ९०० र ४ लाख ६४ हजार ९०० रुपैयाँमा विक्री हुँदै आएको थियो ।
नगद छुटको अलावा ग्राहकले हरेक बेनेली स्कुटर तथा मोटरसाइकलको खरिदमा बेनेलीको हेलमेट र एक वर्षको वार्षिक कर प्राप्त गर्न सक्नेछन् ।
यस्तो छ बेनेली १८० एस
यो मोटरसाइकलमा १७५.३ सीसी सिंगल सिलिन्डर, फोर स्ट्रोक, फोर भल्भ, एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले ९५०० आरपीएममा १७.८ बीएच पावर तथा १४ एनएम टर्क जेनेरेट गर्छ ।
‘बेनेली १८० एस’मा कम्पनीले प्रिमियम फिचर समावेश गरेको छ । यसमा ट्रीपल स्पार्क टेक्नोलोजी, यूएसडी फर्क, ६ स्पीड गियर, गियर इन्डिकेटर, लिक्वीड कुल्ड इन्जिन पाउन सकिन्छ । त्यसैगरी यसमा डबल डिस्क ब्रेक र वेट क्लच प्लेट रहेको छ ।

