काठमाडौं । महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले बोलेरो म्याक्स पीकअप बिक्री सुरू गरेको छ । कम्पनीले बीएस सिक्स इन्जिनसहित बोलेरो म्याक्स नेपाल ल्याएको हो ।
कम्पनीले काठमाडौं र उपत्यका बाहिरको मुख्य बजारमा एकसाथ सार्वजनिक गरेको बोलेरो म्याक्स एचडी १.७ र २.० दुई मोडल सार्वजनिक गरेको हो । कम्पनीले एचडी १.७ एलएक्स मोडलको मूल्य २९ लाख ९५ हजार रुपैयाँ छ । साथै, एचडी २.० एसएक्सआई मोडलको मूल्य ३२ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।
दुई हजार किलोग्रामसम्मको भार बहन क्षमता भएको बोलेरो म्याक्स पीकअप सबै किसिमका बाटोको लागि उपयोगी मानिन्छ । कम्पनीले ल्याएको एचडी १.७ पीकअप फलफूल, खाद्यान्न तथा तरकारी ओसार पसार गर्न निकै उपयोगी हुन्छ । यो पीकअप सहर भित्र साना ढुवानी गर्न सबैभन्दा उत्तम हुन्छ ।
एचडी २.० मा १० फिट लामो कार्गो स्पेस पाउन सकिन्छ । लामो ढाला र दुई टन भार बोक्न सक्ने बोलेरो म्याक्स पीकअप लोड बोक्ने क्षमताको आधारमा ‘सेग्मेन्ट लिडर’ हो ।
बलियो चेसिस र बडी संरचनाको कारण यसलाई जस्तो सुकै कठिन बाटोमा पनि चलाउन सकिन्छ । यसमा १६ इन्चको ठूलो ह्वील दिइएको छ । खासगरी निर्माण क्षेत्र, कृषि, ग्यास, पानी जस्ता बस्तु लामो दुरीमा बोक्न पर्दा यसको प्रयोग गर्न सकिन्छ ।

यी पीकअपमा ‘एमटुडीआई’ इन्जिन दिएको छ । उक्त इन्जिनको टर्क २२० न्यूटन मिटर रहेको छ । पहिलो पटक कम्पनीले बोलेरो पीकअपमा एसी र हिटर दिएको छ ।

