काठमाडौं । बजाजको सर्वाधिक लोकप्रिय नेकेड मोटरसाइकल एनएस २०० को एफआइ भर्सन नेपाली बजारमा नाडा अटो शोमा सार्वजनिक भएको थियो । तर, अब चाँडै नै उक्त बाइकमा नयाँ प्रदुषण मापदण्ड अनुसारको इन्जिनमा उपलब्ध हुने अनुमान सुरु भएको छ । यसले रेगुलर मोडलको तुलनामा १५ प्रतिशत बढी माइलेज प्रलान गर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।
एफआई इन्जिन युक्त एनएस २०० मोटरसाइकल भारतीय बजारमा भन्दा पहिला नेपाली बजारमा सार्वजनिक भएको हो । तर, नेपाली बजारमा आएको एफआई इन्जिन बीएस ४ मापदन्डको हो । भारतमा भने यो मोटरसाइकल अक्टोबरमा सार्वजनिक हुने अनुमान गरिएको छ ।
एनएस २०० मा बीएस ६ मापदन्ड अनुसारको इन्जिन हुने छ भने, सिंगल च्यानल एबीएससहित आउने छ । २०० सीसी नेकेड रोडस्टर मोटरसाइकल नेपाली बजारमा निकै राम्रो बजार बनाउन सफल भएको छ ।
यसमा फ्युल इन्जेक्टेड एसओएससी फोर भल्भ लिक्वीड कुल्ड ट्रिपल स्पार्क इन्जिन लगाइएको छ । यसले ९५०० आरपीएममा २३.५ बीएच पावरका साथै ८००० आरपीएममा १८.३ एनएम टर्क उत्पादन गर्छ । यसमा मोडलमा ६ स्पीड गियरबक्स रहेको छ ।
नयाँ सुरक्षा मादण्डका सबै मानक पुरागरेर आउन लागेको यस बाइकको अगाडिको चक्कामा २८० एमएमको डिस्क र पछाडि चक्कामा २३० एमएमकाृ डिस्क ब्रेक दिइएको छ । यसको अलावा बाइकको अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनोशक दिइएको छ ।
फुल एलइडी हेडलाइट र सेमी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोलको विशेषता प्रदान गरिएको बाइकमा एनालग टेकोमिटर दिइएको छ ।
नेपाली बजारमा उपलब्ध एनएस २०० कार्बुरेटर भर्सनको मूल्य ३ लाख १९ हजार ९०० रहेको छ भने, नयाँ सार्वजनिक भएको एफआई एनएस २०० को मूल्य ३ लाख ३४ हजार ९०० रुपैयाँ रहेको छ । नयाँ इन्जिन (बीएस ६) र सिंगलच्यानल एबीएस सहित आउँदा यसको मूल्य अझै बढी हुनेछ ।


