फोर्डकाे एउटा गाडी किन्दा अर्को ईभी कार सित्तैमा

काठमाडौं । फोर्ड ब्राण्डको एउटा गाडी खरिद गर्दा अर्को विद्युतीय कार सित्तैमा पाइने भएको छ । फोर्ड नेपालले ल्याएको विशेष अफरमा यस्तो सुविधा पाइने भएको हो ।

कम्पनीका अनुसार फोर्डका प्रिमियम एसयूभीहरू एभरेष्ट, रेन्जर र र्यापटर खरिद गर्दा सित्तमै विद्युतीय कार पाइने हो ।

यद्यपि, कम्पनीले कुन ब्राण्डको ईभी उपलब्ध गराउने भन्ने चाहिँ खुलाएको छ । उक्त कुरा थाहा पाउन ग्राहक फोर्डको शोरुममै आउनुपर्ने कम्पनीले जनाएको छ ।

यो योजनाले एकैपटक लामो दूरीका यात्रा गर्न बलियो र भरपर्दो गाडी र दैनिक शहरी आवागमनका लागि किफायती ईभी प्रयोग गर्ने अवसर पाइने कम्पनीले जनाएको छ।

यसबाट इन्धन खर्चमा बचत हुनुका साथै ‘डबल ड्राइभ’ अनुभव लिन सकिने विश्वास कम्पनीको छ।

फोर्ड नेपालका अनुसार यो अफर सीमित अवधिसम्म मात्र लागू हुनेछ ।


Back_to_top