दीपल एस-०७ आइसीएमा ‘बाइब्याक ग्यारेन्टी’, ५ वर्षसम्म खर्च पनि नलाग्ने

काठमाडौं । दीपलको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले दीपल एस-०७ आइसीएका लागि ‘बाइब्याक ग्यारेन्टी’ योजना ल्याएको छ ।

कम्पनीले ग्राहकको आत्मविश्वास बढाइ ‘रिसेल भ्यालुको चिन्ता हटाउने उद्देश्यले बाइब्याक ग्यारेन्टी योजना ल्याएको हो ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत दीपल एस-०७ खरिद गर्ने ग्राहकले आफ्नो ईभी बेच्न चाहेमा किनेको दोस्रो वर्षदेखि पाँचौं वर्षसम्ममा जुनसुकै बेलामा एमएडब्लू ग्रुपले पूर्व निर्धारित रिसेल मूल्य पाउनेछन् । यो स्किमले ईभी खरिदकर्ताको रिसेल मूल्यको चिन्तालाई सम्बोधन गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीले बाइब्याक एस्योरेन्सको साथै दीपल एस ०७ आइसीएमा ५ वर्षसम्म ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’ अर्थात् ५ वर्षसम्म कुनै खर्च नलाग्ने सुविधा पनि ल्याएको छ ।

जस अन्तर्गत ग्राहकले ५ वर्षसम्म अटोप्लस इन्स्योरेन्स, सडक कर, पेरियोडिक मेन्टेनेन्स, चार्जिङ लगायत सुविधा निःशुल्क पाउने छन् । अर्थात् ५ वर्षसम्म सडक कर, बीमा, गाडी चार्जिङको पैसा, मर्मत गरेको पैसा तिर्नुपर्दैन । कम्पनीले नै तिरिदिनेछ ।

एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले ग्राहकलाई आफ्नो ईभी यात्राभर आश्वस्त पार्नु र पिस अफ माइन्ड दिलाउन बाइब्याक ग्यारेन्टी योजना ल्याएको बताए ।

‘हाम्रो उद्देश्य ग्राहकलाई आफ्नो ईभी यात्राभर आश्वस्त पार्नु र पिस अफ माइन्ड दिलाउनु हो । दीपल एस ०७ आइसीए आरामदायी र इन्टेलिजेन्ट एसयूभी हो । जसले नेपालको बदलिँदो गतिशिलताको मागलाई सम्बोधन गर्छ,’ उनले भने, ‘दीपल ईभी खरिद गरिसकेपछि ग्राहकले हाम्रो निरन्तर साथ र विश्वास पाइराख्नु भन्ने हाम्रो उद्देश्य हो । यो स्किम सहज र विश्वसनीय इभी ओनरसिपका लागि हो ।’

लक्जरी र प्रविधिको नयाँ मापदण्ड

दीपल एस ०७ आइसीएमा दीपल एपमा ग्राहकलाई कारसँग विना रोकतोक अन्तरक्रिया गर्न मद्दत गर्छ । यो एपमार्फत जुनसुकै ठाउँमा बसेर कारलाई कन्ट्रोल गर्न सकिन्छ ।

कारको झ्याल खोल्न र बन्द गर्न, एसी कन्ट्रोल गर्न, चार्जिङको अवस्था बुझ्न र कारको लोकेसन ट्रयाक गर्न सकिन्छ । साथै यसमा ४जी ५जी हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एप कनेक्टिभिटी, एमेजन म्युजिक, स्पटिफाई र लाइभ नेभिगेसनको समेत सुविधा रहेको छ ।

दीपल एस०७ आईसीएमा आफ्नो ट्रेन्डसेटिङ डिजाइन र अत्याधुनिक प्रविधिमार्फत इलेक्ट्रीक मोबिलिटीमा नयाँ मानक स्थापित गर्छ । यसको ‘टाइमलेस डिजाइन’ र १० भन्दा बढी ‘इन्डस्ट्री फस्र्ट’ फिचर छन् ।


Back_to_top