मार्चपछि महंगो हुँदै बाइक र स्कुटर, यस्तो छ कारण

काठमाडौं । तपाईले बजारमा किन्दै आएका बाइक तथा स्कुटर अबको दुई महिनापछि कम्तीमा ५ हजारदेखि बढीमा ३० हजारसम्म महंगो हुने भएको छ । नेपाली बजारमा बिक्री हुने अधिकांस बाइक तथा स्कुटर भारतीय बजारमा उत्पादन भएर नेपाल आउने हुँदा बाइक तथा स्कुटरको मूल्य वृद्धि हुने भएको हो । 

भारत सरकारले २०१९ को अप्रिलपछि १२५ सीसीसम्मका बाइकमा कम्बी ब्रेकिङ सिस्टम (सीबीएस) र त्यसभन्दा माथिका बाइकमा एन्टी–लक ब्रेकिङ सिस्टम (एबीएस) अनिर्वाय गरेका कारण सबै स्कुटर तथा बाइकको मूल्य वृद्धि हुने भएको हो ।

भारत सरकारले दुई पाङ्ग्रे सवारीसाधनमा सुरक्षा फिचर अनिर्वाय गरेकाले त्यसवापतको मूल्य बढ्ने भएको हो ।

अहिले नेपाली बजारमा बिक्री वितरण हुँदै आएका अधिकांस मोटर साईकल तथा स्कुटरमा एबीएस सुविधा उपलब्ध रहेको छैन । अब भारत सरकारको नयाँ नियामानुसार सबैमा अनिर्वाय सुरक्षा फिचर लगाउनु पर्ने भएकाले नेपाल आउने बाइकमा पनि उक्त फिचर थप भएर आउँदा हरेक सीबीएस थप भएको बाइकको मूल्य कम्तीमा ५ हजार र एबीएस भएको बाइकको मूल्य ३० हजारसम्म महंगो हुन लागेको हो ।

‘अहिले नै भारतमा धेरै बाइकमा एबीएस सुविधा उपलब्ध भैसकेको छ । हाम्रो बजारमा एबीएससहितको बाइक ल्याउदा ३० हजारसम्म महंगो पर्छ’ एक बाइक बिक्रेता कम्पनीका संचालकले मेरोअटोसँग भने । 

उनि भन्छन् ‘हामी अहीले प्रतिस्पर्धी ब्रान्डले केहीलेबाट ल्याउँछ त्यो हेरिरहेका छौं । एक्लै ल्याउदा आफ्ना बाइक महंगो हुने र ग्राहक अन्य कम्पनीमा जान सक्ने हुन्छ । त्यसैले हामी पर्ख र हेरको स्थितिमा छौं ।’

यसले के देखाउँछ भने कम्पनीहरु चाँडै ति थप भएका सुरक्षा फिचरसहितका बाइक नेपाली बजारमा ल्याउने तयारीमा जुटिसकेका छन् ।

किन आवस्यक छ ? सीबीएस र एबीएस

नेपाली सडकमा सबैभन्दा बढी दुर्घटना हुने सवारीसाधन मोटरसाइकल र स्कुटर नै हो । यस्तोमा नेपालको खराब बाटोमा यस्ता सुरक्षा फिचरसहितका बाइक तथा स्कुटर झनै आवस्यक छ ।

कम्बी ब्रेकिङ सिस्टम (सीबीएस) र एन्टीलक ब्रेकिङ सिस्टम (एबीएस) ले मोटरसाइकल तथा स्कुटरको ब्रेकिङ सिस्टमलाई स्मुथ र सहज बनाउने छ । 


Back_to_top