अब सबै सार्वजनिक सवारीमा सीसीटीभी, राइड शेयरिङमा ‘एसओएस बटन’

तस्बिर : एआइ जेनेरेटेड ।

काठमाडौं । सरकारले सबै सार्वजनिक यातायातमा सीसीटीभी जडान अनिवार्य गर्ने घोषणा गरेको छ ।

चैत १३ गते बसेको बालेन शाह मन्त्रिपरिष्दको पहिलो बैठकले शासकीय सुधार सम्बन्धी १०० कार्यसूची पारित गर्दै यस्तो व्यवस्था गरेको हो ।

सरकारले सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा रोकथाम गर्न सबै सवारी साधनमा सीसीटीभी जडान र राइड-शेयरिङ एपहरूमा एसओएस बटन अनिवार्य गर्ने भएको हो ।

‘सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा रोकथाम गर्न सबै सवारी साधनमा सीसीटीभी/ड्यासक्याम जडान गर्ने र राइड शेयरिङ एपहरूमा एसओएस बटन अनिवार्य गरी आकस्मिक तथा खतराको सूचना प्रहरीसम्म तत्काल पुग्ने व्यवस्था मिलाउने कार्य ३० दिनमा सम्पन्न गर्ने,’ १०० कार्उसूचीमा भनिएको छ ।


Back_to_top