सीएफमोटोका मोटरसाकलमा ३५ हजार छुट, विदेश घुम्ने अवसर पनि पाइने

काठमाडौं । सीएफ मोटोको मोटरसाइकलहरुमा फेस्टिभ अफर सुरू भएको छ । सीएफ मोटोको नेपालका लागि आधिकारिक बिक्रेता रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले आकर्षक सुविधा सहितको फेस्टिभ अफर ल्याएको हो ।

कम्पनीले बिक्री गर्दै आइरहेको सीएफ मोटोको मोटरसाइकल एमटी ४५०, एनके २५० र एनके ३०० मोडलमा छुट्टा छुट्टै फेस्टिभ अफर सुरू गरेको हो ।

यसअफर अन्तर्गत सीएफ मोटोको एनके २५० मोटरसाइकल खरिद गर्दा ३५ हजार नगद रुपैयाँ छुट र जुनसुकै ब्राण्डका मोटरसाइकल वा स्कुटर एनके २५० मोडलसँग एक्स्चेन्ज गर्दा ४५ हजारसम्मको एक्स्चेन्ज बोनस पाइने छ ।

कम्पनीले एनके ३०० मोडलको खरिदमा एमटी कम्पनीको प्रिमियम हेल्मेट र सीएफमोटोको लोगो भएको एउटा हुडी प्रदान गर्ने जानकारी दिएको छ । साथै, एमटी ४५० को खरिदमा कम्पनीले १ वर्षमा ५ वटा फ्री राइड प्लान गराउने र एउटा एमटी हेल्मेट दिने छ ।

यसका अलावा बम्पर लक्की ड्र उपहारका रूपमा कम्पनीले भाग्यशाली ग्राहकलाई ४ रात ५ दिनका लागि बाली ट्रिप लाने बताएको छ । यो बम्पर अफर भने तीनै मोडलमा लागू हुनेछ ।

सीएफ मोटोका मोटरसाइकल फाइनान्स सुविधामा पनि किन्न सकिन्छ । यसका लागि कम्पनीले सहज ‘हसल फ्री फाइनान्सिङ’ सुविधा दिने छ । यो अफर सीएफ मोटोको सम्पूर्ण आधिकारिक शोरुमहरूबाट पाइने कम्पनीले जनाएको छ ।


Back_to_top