काठमाडौं । सीएफमोटो नेपालले आफ्नो लोकप्रिय एड्भेन्चर टुरर मोटरसाइकल ४५० एमटीको २०२६ मोडल सार्वजनिक गर्ने भएको छ ।
नेपालका लागि सीएफमोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले आगामी साउनमा आयोजना हुन लागेको नाइमा अटो शोमा ४५० एमटी मोटरसाइकलको २०२६ नयाँ भर्सन सार्वजनिक गर्ने तयारी थालेको हो ।
कम्पनीका अनुसार सीएफमोटो ४५० थप नयाँ दुई आकर्षक ब्लू र ब्ल्याक कलर विकल्पमा आउने छ । नयाँ भर्सनमा कलर बाहेक अन्य केही परिवर्तन हुने छैन ।
नेपालमा एड्भेन्चर मोटरसाइकल सेग्मेन्टमा राम्रो प्रतिक्रिया पाएको ४५० एमटी अब अझ आधुनिक र आकर्षक लुकका साथ ग्राहकमाझ आउने तयारीमा छ । २०२६ मोडलमा नयाँ कलर स्किम थपिए पनि मोटरसाइकलको डिजाइन, इन्जिन तथा प्रमुख प्राविधिक विशेषताहरू भने यथावत रहने कम्पनीले बताएको हो ।
नयाँ ब्लू र ब्ल्याक कलरले ४५० एमटीलाई अझ प्रिमियम र स्पोर्टी लुक प्रदान गर्ने कम्पनीको विश्वास छ । सीएफ मोटो ४५० अत्याधुनिक फिचर तथा टेक्नोलोजी भएको एड्भेन्चर मोटरसाइकल हो । यस एड्भेन्चरमा ४४९ सीसी, ट्वीन सिलिन्डर, लिक्विड कुल्ड, आठ भल्ब, एफआई इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ४४ हर्षपावर तथा ४४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स पाउन सकिन्छ ।
मोटरसाइकलमा ट्रयाक्सन कन्ट्रोल, स्लिपर क्लच, डबल च्यानल स्विचऐवल एबीएस, ५ इन्च टिएफटी डिस्प्ले, कनेक्टिभिटी सिस्टम, नेभिगेसन, पुरा एलईडी लाइट सेटअप, यूएसबी पोर्ट, एडजष्टेवल यूएसडी फर्क, एड्जष्टेवल सिट, लंग ट्राभल सस्पेन्सन, स्पोक ह्वील लगायत फिचर पाउन सकिन्छ ।
हाल सीएफ मोटोको ४५० एमटी मोटरसाइकलको मूल्य १२ लाख ६९ हजार रुपैयाँ रहेको छ । नयाँ भर्सनको मूल्य बारे कम्पनीले केही खुलाएको छैन ।


