काठमाडौं । चिनियाँ ब्राण्ड मध्ये चेरी एसयूभी निर्यातमा सबैभन्दा अगाडि देखिएको छ । चिनियाँ सरकारी ब्राण्ड चेरीले सन् २०२५ मा १३ लाख ४४ हजार २० युनिट एसयूभी निर्यात गरेको तथ्यांक बाहिर आएको हो ।
चेरीले आफ्नो निर्यात सन् २०२४ को तुलनामा १७.४ प्रतिशतले वृद्धि गरेको छ । निर्यात र चिनियाँ बजारमा गरेर चेरीले सन् २०२५ मा २८ लाख ६ हजार ३९३ युनिट विद्युतीय कार बिक्री गरेको देखिन्छ ।
चेरी ग्रुप भित्र चेरी, एक्सीड, जेटोर, आइकार, लक्सिड र ओमोडा÷जेको जस्ता ब्राण्ड छन् । ती मध्ये नेपाली बजारमा ओमोडा÷जेको र आइकार ब्राण्डका उत्पादन बिक्री हुँदै आएको छ ।
चेरीले टिगो ७ र टिगो ८ हाइब्रिड र पेट्रोल इन्जिन कारको निर्यात सबैभन्दा धेरै गरेको छ । फुल साइज एसयूभीको रुपमा उपलब्ध यी दुबै मोडल चीनमा पनि राम्रो संख्यामा बिक्री हुँदै आएका छन् ।
सन् २०२५ मा चेरी ग्रुपले ९ लाख ३ हजार ८४७ युनिट न्यू इनर्जी भेहिकल उत्पादन तथा बिक्री बितरण गर्न सफल भएको हो ।

