काठमाडौं । नेपालका लागि चेरी कारको आधिकारीक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ‘चेरी चाडपर्व अफर’ सार्वजनिक गरेको छ । यस अफरमा गाडी किन्ने ग्राहकले ५ लाख ८९ हजार ८०० रुपैयाँ बराबरको स्कीम पाउने छन् ।
नेपालीहरुको महान चाडपर्व दशैं, तिहार र छठलाई लक्षित गरी ल्याइएको सो अफर चेरीका सबै प्रो सिरिज अर्थात् चेरी टिग्गो ४प्रो, टिग्गो ७प्रो र टिग्गो ८प्रो मा लागू हुनेछ ।
यी वाहेक ग्राहकले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा र सडक दस्तुर छुट पाउने छन् । त्यसैगरी कम्पनीले यी कारमा ३ वर्षको वारेन्टी र ३ वर्षको सर्भिसिङ सुविधा उपलब्ध गराउने छ ।
कुनै पनि पुरानो कारसँग चेरी कार एक्सचेन्ज गर्दा १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस सुविधा समेत प्राप्त हुने कम्पनीले जनाएको छ ।

