काठमाडौं । युरोपियन युनियनले सन् २०२४ बाट चिनियाँ ईभीमा लगाउँदै आएको अनुदान बिरोधी कर हटाउने सम्भावना बढेको छ । चीन सरकारले अधिक अनुदान दिएर कारको बजार नै चौपट बनाउन लागेको भन्दै यसअघि युरोपियन युनियन भित्रका देशमा अनुदान बिरोधी कर लगाइएको थियो ।
युरोपियन युनियनले चीनमा उत्पादन हुने टेस्लादेखि चिनियाँ ब्राण्डहरुलाई अतिरिक्त कर घोषणा गरेका थिए । उनिहरुले १० प्रतिशतदेखि ३५.३ प्रतिशतसम्म अतिरिक्त कर लगाएका थिए । खासगरी, चिनियाँ सरकारी लगानीका कम्पनीले बनाएका कारमा अधिक कर लगाइएको थियो ।
नयाँ वर्ष २०२६ लागेसँगै चीन र युरोपियली युनियन बीच सहकार्य बढेको चिनियाँ वाणिज्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दुबै पक्षले विश्व ब्यापर संगठन (डब्लूटिओ) का नियम अनुसार ब्यापार गर्ने जनाएका छन् । योसँगै चिनियाँ ईभीमा लाग्दै आएको अनुदान बिरोधी कर हट्ने भएको हो ।
अहिलेसम्म युरोपियली युनियनको आधिकारीक धारणा बाहिर आएको छ । तर, मेसिनरी र इलेक्ट्रोनिक सामानको आयात र निर्यात गर्दा वस्तुनिष्ठ समिक्षा हुने इयुले जनाएको छ ।

